एनओसीको माग गर्दै विद्यार्थीहरू आन्दोलनमा

काठमाडौँ । ‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका–२०७९’ खारेजीको माग गर्दै विद्यार्थीहरूले प्रदर्शन थालेका छन् । निर्देशिका जारी भएसँगै एनओसी जारी गर्न रोकिएको थियो । जसले गर्दा आफूहरू मर्कामा परेको भन्दै विद्यार्थीहरूले बानेश्वरमा प्रदर्शन गरेका हुन् ।
'एनओसी खारेजी गर, भविष्य अन्यौलमा नपार सरकार' भन्दै विद्यार्थीहरूले स्वतस्फूर्त रूपमा प्रदर्शन गरेका हुन् । उनीहरूले शिक्षामन्त्रीको राजीनामा माग समेत गरेका छन् ।
आन्दोलन गर्नेमा विभिन्न इन्स्ट्युटहरूमा भाषा पढिरहेका विद्यार्थीहरू रहेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हालै ‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका–२०७९’ जारी गरेको थियो । उक्त निर्देशिकाले पढ्नका लागि विदेन जाने विद्यार्थीहरूलाई कडाई गरेको छ ।
विशेषगरी भाषा र डिप्लोमा कोर्स अध्ययन गर्न जानका लागि उक्त निर्देशिकाले रोक लगाएको छ । निर्देशिका जारी भएसँगै विशेषगरी जापानमा पढ्न जाने विद्यार्थीहरू पूर्ण रूपमा रोकिएका छन् । त्यस्तै अस्ट्रेलिया, क्यानडा लगायतका देशमा समेत सीमित कोर्स तथा भाषा अध्ययनका लागि रोक लागेको छ ।
उक्त निर्देशिका विरोध शैक्षिक परामर्श क्षेत्रका विभिन्न सङ्घ संस्थाहरूले समेत विरोध गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसईई दिएका विद्यार्थीहरूका लागि माइन्डराइजर्स इन्स्टिच्युट अफ टेक्नोलोजीले ल्यायो विशेष अफर
-
कोशीका पूर्वमन्त्री खत्रीले गरे अन्तरजातीय विवाह, भोजमा हुने खर्च वृद्धाश्रमलाई
-
सरकारले ‘पर्फमेन्स’ बढाउनुपर्ने कांग्रेसको निष्कर्ष
-
कांग्रेस भन्छ– प्रचण्डले भनेजस्तो सरकार ढल्दैन
-
माओवादी विराटनगर सम्मेलनमा प्रचण्ड आउने
-
काठमाडौँ उपत्यकासहित देशभरका सामुदायिक विद्यालय बन्द