मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा जेठमा
काठमाडौं । नेपाल मेडिकल काउन्सिलले ६५ औं लाइसेन्स परीक्षा आगामी जेठ महिनामा सञ्चालन गर्ने भएको छ । मेडिकल काउन्सिलले सोमवार सूचना जारी गरी जेठ १७, १८ र १९ गते परीक्षा सञ्चालन गर्ने जानकारी दिएको हो । काउन्सिलले आजदेखि जेठ २ गतेसम्म नियमति र जेठ ३ र ४ गते शुल्क सहित अनलाईनमार्फत आवेदन भर्न आग्रह गरेको छ । काउन्सिलको www.exam.nmc.org.np साइटमा आवेदन दिन पनि सबैलाई आग्रह गरेको छ ।
यस्तै, विदेशी कजेजमा भर्ना भै कोभिडका कारण नेपालमा इन्टर्नसिप गरिरहेका विद्यार्थीले परीक्षामा सामेल हुनका लागि इन्टनसिप पुरा गरेका र आफु भर्ना भएका विश्वविद्यालयबाट इन्टर्नसीपसहित अन्तिम प्रमाणपत्र प्राप्त गरेको हुनुपर्ने सूचनामा उल्लेख छ ।
यस्तो छ वार्षिक परीक्षा तालिका-
स्नातक तहको लाइलेन्स परीक्षा
–२०८० साल साउन ११ र १२ गते
–२०८०साल असोज १०,११ र १२ गते
–२०८०साल माघ १७, १८ र १९ गते
स्नातकोत्तर तहको विशेष परीक्षा (स्पेशल परीक्षा)
–२०८० साल साउन ११ र १२ गते
–२०८० साल मंसिर १४ र १२ गते
–२०८० साल चैत्र २२ र ३३ गते
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन सुरु
-
पाथीभरा केबलकार निर्माण विवाद : दुई वार्ता टोलीबिच सकारात्मक छलफल, मंगलबार पुनः बैठक बस्ने
-
मन्त्रिपरिषद् बैठक : अध्यादेशका नियमावली पारित
-
दुधकोशी चुहार–फलाम ढुङ्गा–घोरेटार सडक कालोपत्र सुरु
-
लुम्बिनी प्रदेश स्थापना दिवस : ८ वर्षमा ६ सरकार, ७२ मन्त्री
-
अध्यक्ष प्रचण्ड पर्वत र म्याग्दीको सिमाना स्थल बेनीमा