भारतीय बममा रविना टण्डनको नाम

मुम्बई । बलिउड अभिनेत्री रविना टण्डनको जिन्दगीको एउटा रोचक किस्सा बलिउडमा अहिले पनि सुनिन्छ । यो किस्सा कारगिल युद्धको हो । भारत र पाकिस्तानको यो युद्ध भइरहँदा त्यसबेला भारतीय बम निकै चर्चित बनेका थिए । किनकी ती बममा अभिनेत्री रविना टण्डनको नाम लेखिएको थियो ।
९० को दशकमा रविना बलिउडकी लोकप्रिय अभिनेत्री थिइन् । उनको सुन्दरताबाट पाकिस्तानी तत्कालीन प्रधानमन्त्री नवाज शरीफ पनि फिदा थिए । उनले सार्वजनिक रूपमा नै रविनाको सुन्दरताको बयान गर्थे । एक अन्तरवार्तामा त उनले रविना आफूलाई मनपर्ने अभिनेत्री रहेको नै बताएका थिए ।
सन् १९९९ मा जब कारगिल युद्ध सुरु भयो, त्यो बेला पाकिस्तानका प्रधानमन्त्री शरीफ आफ्नो नीति अनुसार भारतलाई निशाना बनाइरहेका थिए । त्यही बेला भारतीय सेनाले नवाजलाई आफ्नै शैलीमा जवाफ दिए । उनीहरूले आफ्नो बम र मिसाइलमा रविनाको नाम लेखेर ‘रविना टण्डनको तर्फबाट नवाज शरीफलाई उपहार’भन्दै बम पठाएका थिए । त्यो तस्बिर उसबेला निकै भाइरल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतका लागि नेपाली राजदूत शर्माले भेटे भारतीय विदेशमन्त्री जयशंकरलाई
-
जिम्मेवारी र माया बिचको सङ्घर्ष झल्काउने ‘परिबन्ध’ गीत
-
राजसंस्था पुनःस्थापना र हिन्दु राष्ट्र निर्माण गर्न सक्षम छु : संयोजक सुवेदी
-
नेसपा (नयाँ शक्ति) ले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र
-
सिमरा सेजमा सञ्चालन भएको उद्योग ३ सातामै बन्द
-
इक्वेडरको तट नजिकै ६.३ म्याग्निच्युडको भूकम्प