सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

खोटाङका चार सडक कालोपत्रे गर्न जिल्ला समन्वय समितिको माग

सोमबार, ०४ वैशाख २०८०, ०६ : २९
सोमबार, ०४ वैशाख २०८०

खोटाङ । जिल्ला समन्वय समिति खोटाङले चार वटा सडक कालोपत्रे गर्नका लागि बजेट व्यवस्था गर्न भौतिक पुर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वालासमक्ष माग राखेको छ ।  मन्त्री ज्वालालाई आइतबार मागपत्र बुझाउँदै जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले हुर्लुङ–जालपा–ऐसेलुखर्क सडक, जालपा–बाक्सिला सडक, धाप्लाङ–धर्तुङ–चिसापानी–डम्बर्खुशिवालय–भञ्ज्याङखर्क सडक र ग्राभेल भइसकेको साप्सु खोला मात्तिम–मानेभञ्ज्याङ–खिदिमा–पान्धारे भोजपुर सडक कालोपत्रे गर्नका लागि प्राथमिकता क्रमभित्र राखेर बजेट व्यवस्था गरिदिन माग गरेका हुन् । 


जिल्ला समन्वय समितिको चैत २५ गतेको सातौं जिल्लासभाको निर्णय अनुसार जिल्लाको प्राथमिकता क्रमभित्र राखिएका र दुईभन्दा बढी पालिका समेट्ने सडक कालोपत्रेको व्यवस्थाका लागि भौतिक पुर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय समक्ष माग राखिएको हो ।

जिल्ला समन्वय समितिले दिक्तेलको अस्पतालचोकबाट साप्सुखोला, मात्तिम–टेम्मा–याम्खा–पञ्चमी–रोक्सिङभञ्ज्याङ–खोटाङबजार–चिसापानी–मौवाबोटे–बंशिलाघाट जोड्ने सडक (१५० किलोमिटर) स्तरोन्नती गर्न माग राखेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, साकेला गाउँपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका, खोटेहाङ गाउँपालिका र जन्तेढुंगा गाउँपालिका जोड्ने सडकको ट्र्याक ओपन भइसकेका कारण स्तरोन्नतीको माग गरिएको जिल्ला समन्वय समिति प्रमुख राईले बताए । 

 यस्तै, रसुवा–सिमपानी–इन्द्रेणीपोखरी–रोक्सिङ मुलडाँडा–पान्धारे सडक, खोटाङबजार–सावा–वाप्लुखा–लिकुवापोखरी–मापाखाम–भञ्ज्याङ भोजपुर जोड्ने सडक र दिक्तेल–सोल्मा–तालखर्क–बगरेभञ्ज्याङ–पाथेका सडक ग्राभेलका लागि माग राखिएको जिल्ला समन्वय समितिले जनाएको छ । 

 जिल्ला समन्वय समितिले जिल्लासभामा मध्यपहाडी राजमार्ग अन्तर्गत जयरामघाट–हलेसी (३५ किमी) सडक खण्डलाई मध्यपहाडी लोकमार्गको मापदण्डमा स्तरोन्नती गर्न मन्त्री समक्ष माग गरेको छ । हाल साँढे चार मिटर मात्र फराकिलो रहेको जयरामघाट–हलेसी सडकलाई मध्यपहाडी लोकमार्गकै मापदण्ड अनुसार बनाउन ध्यानाकर्षण गराइएको प्रमुख राईले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप