‘विश्व सम्पदा’ लुम्बिनी खतराको सूचीमा पर्ने जोखिम

रुपन्देही । विश्व शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी खतराको सूचीमा पर्ने जोखिम देखिएको छ । लुम्बिनीको गुरुयोजना विपरीत जथाभाबी निर्माण भएका संरचनाले लुम्बिनी विश्व सम्पदाको खतरा सूचीमा पर्ने सम्भावना बढेको हो ।
यूनेस्को विश्व सम्पदा केन्द्रको ४३ औँ सत्रको निर्णय र नेपाल सरकारले यूनेस्कोलाई गरेको आमन्त्रण अनुसार यूनेस्को ‘रि एक्टिभ मनिटरिङ मिसन’ले सन् २०२२ मा लुम्बिनीको अध्ययन अवलोकन भ्रमण गरेको थियो ।
उक्त मिसनले अध्ययन गरेर बुझाएको प्रतिवेदनमा सुधारका काम नगरे लुम्बिनीलाई विश्व सम्पदा खतराको सूचीमा सूचीकृत गर्ने उल्लेख छ । विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीको वरिपरि भइरहेका पूर्वाधार निर्माण र प्रदूषणका कारण परेको प्रभावबारे संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठनको उक्त टोलीले अध्ययन गरेको थियो । यूनेस्कोले लुम्बिनीलाई सन् १९९७ मा विश्व सम्पदा सूचीमा सूचीकृत गरेको थियो ।
पुरातत्त्व विभागका पूर्वमहानिर्देशक कोषप्रसाद आचार्य लुम्बिनीको सम्पदा जोगाउन सरकार र कोषका तर्फबाट काम नभएको बताउँछन् । आचार्यले भने, ‘जुन सम्पदाको कारणले लुम्बिनीको नाम छ, त्यसलाई जोगाइराख्न जेजस्तो प्रयास गर्नुपर्दथ्यो, त्यसमा कमजोरी भएका छन्, यसले अप्ठेरो पर्ने देखिन्छ ।’
लुम्बिनीको पुरातत्त्व, कला र वास्तुकलाबारे विद्यावारिधि गरेका डा. गीतु गिरीका अनुसार मायादेवी मन्दिरको संरचना, स्मारक र इट्टा लगाएर बनाइएको ‘मेडिटेसन’को विषयलाई लिएर यूनेस्कोले विश्व सम्पदा सूचीबाट हटाउने चेतावनी यसअघि दिइसकेको छ । उनले भने, ‘यूनेस्कोले विश्व सम्पदा सूचीबाट हटाउने पटक–पटक चेतावनी दिँदै आएको छ, पुरातत्त्वलाई असर नपर्ने गरी काम हुनुपर्नेमा विकास कोषले त्यसमा गम्भीर लापरबाही गरेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी डलरसहित विदेशी मुद्राको मूल्य, कसको कति ?
-
युरोपा लिगमा पुग्ने सबै आठ टोलीको टुंगो, रियाल सोसिडाडको शानदार प्रदर्शन
-
ज्येष्ठ नागरिक र अशक्तका लागि निःशुल्क घरदैलो स्वास्थ्य सेवा
-
रातोपाटी ब्रिफिङ : पाथीभरा क्षेत्र फेरि अशान्तदेखि सशस्त्रका तीन एसएसपी डीआइजी बढुवाका लागि सिफारिससम्म
-
रिंकु सदा मृत्यु प्रकरण : बलात्कार र मिलापत्र आरोपमा ८ जनामाथि मुद्दा
-
सशस्त्रका ३ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस