चैतमा दोब्बर डढेलो

काठमाडौँ । पछिल्लो ६ महिना वर्षा नभएको कारण यस वर्ष देशभरि वन तथा निकुञ्ज क्षेत्रभित्र डढेलोको घटना बढेको छ, जसको कारण काठमाडौँ उपत्यका वायु प्रदूषणको हिसाबबाट विश्वमा सबैभन्दा बढी वायु प्रदूषित सहरहरूको सूचीमा पहिलो स्थानमा पुगेको छ ।
वातावरणविद्हरू काठमाडौँ प्रदूषित सहर हुनुमा काठमाडौँ उपत्यकाका वरिपरि लागेको डढेलो नै प्रमुख कारण रहेको बताएका छन् । उनीहरूका अनुसार बारा, पर्सा, चितवनलगायतका जिल्लाबाट बागमती कोरिडोर हुँदै प्रदूषण काठमाडौँ उपत्यका आइपुगेको छ । तर उपत्यका भित्रिएका प्रदूषित हावा उपत्यकाबाहिर जान नसकी उपत्यकामै थुप्रिएको छ ।
वन तथा भूसंरक्षण विभाग वन व्यवस्थापन महाशाखाका अनुसार २०७८ चैतको तुलनामा २०७९ चैतमा झन्डै दोब्बर डढेलोको घटना बढेको छ । महाशाखाका अनुसार २०७८ चैतमा २ सय ६७ वटा डढेलाका घटना भएका थिए भने २०७९ चैतमा ५ सय ४० वटा डढेलोका घटना भएका छन् । आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते