भक्तपुरमा माटोको ढिस्कोले पुरिएर १ जनाको मृत्यु
आइतबार, ०३ वैशाख २०८०, २२ : ४४

भक्तपुर । भक्तपुरको सूर्यबिनायक नगरपालिका–२ बालकोटस्थित रागीनी हाइटमा माटोको ढिस्कोले पुरिएर एकजनाको मृत्यु भएको छ । ढल विस्तारको लागि खाल्डो खन्न्ने क्रममा पुरिएर सुनसरी घर भएका २२ वर्षीय नितेश सदाको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी वसन्त पाठकले रातोपाटीलाई बताए ।
ढल खन्ने क्रममा पुरिएका सुनसरीको गढी गाउँपालिका घर भएका ३० वर्षीया सियाराम सदाको भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचार भइरहेको छ । ढिस्कोले पुरिएकालाई सुरक्षाकर्मीले जेसिबीको सहायताले उद्दार गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को परीक्षा सम्बन्धी संशोधित समयतालिका सार्वजनिक
-
अस्ट्रेलियन क्रिकेट टोलीका पूर्व उपकप्तानको निधन
-
प्रधानमन्त्रीसँग भारतीय विद्युतमन्त्रीको भेट
-
गृहमन्त्रीले भने, ‘तीनकुने घटनाबारे आन्तरिक छानबिन हुँदैछ’
-
कर्मनाशा खोलाको बगर नै व्यक्तिको नाममा ल्याएर बेच्ने ८ जना धरौटीमा रिहा
-
पहलगाम आक्रमणमा मोहम्मद युनुसले दिए यस्तो प्रतिक्रिया