दुई गोलको अग्रता गुमाउँदै बराबरीमा रोकियो आर्सनल

लण्डन । एउटा पेनाल्टीमा चुक्नुका साथै दुई गोलको अग्रता खेर फाल्दै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनल वेस्ट ह्यामसँग आइतबार बराबरीमा रोकिएको छ । बराबरीसँगै लिग उपाधि जित्ने टोलीको आशामा ठुलो धक्का लागेको छ ।
आर्सनलले खेलको १० मिनेटभित्र ग्याब्रियल जिसुस र मार्टिन ओडेगार्डको गोलको मद्दतले दुई गोलको अग्रता लिएको थियो । तर, ३३ औँ मिनेटमा साइद बेनाराह्माले पेनाल्टीबाट गोल गर्दै वेस्ट ह्यामका लागि एक गोल फर्काए । दोस्रो हाफमा आर्सनलले पनि पेनाल्टीमार्फत पुनः दुई गोलको अग्रता बनाउने अवसर पायो । तर, बुकायो साका गोल गर्नबाट चुके ।
लगत्तै जारोड बोवेनले उत्कृष्ट गोल गर्दै खेल बराबरी गरे । ३१ खेलबाट आर्सनल ७४ अंकसहित शीर्ष स्थानमा कायम छ । एक खेल कम खेलेको सिटी ७० अंकसहित सहित दोस्रो स्थानमा छ । वेस्ट ह्याम भने ३१ अंकसहित १५ औँ स्थानमा सीमित रहेको छ ।
अब आर्सनलले सात खेल खेल्न बाँकी रहेको छ । टोलीले शुक्रबार घरेलु मैदानमा साउथह्याम्पटनसँग खेल्नेछ । त्यसपछि २६ अप्रिलमा इतिहाद स्टेडियमा आर्सनलको सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पका विशेष दूतले हमासलाई किन भने ह्वाइट हाउसमा सम्पर्क गर्न ?
-
बंगलामुखिको बार आज कुन राशिलाई कति फलदायी ?
-
कति पुग्यो डलर, युरो, पाउण्ड, दिराम, दिनार र रियालको मूल्य ?
-
तोरीखेती गर्ने क्षेत्रफलसँगै बढ्यो उत्पादन, यो पल्ट तीन हजार ३४ मेट्रिक टन
-
आलु उब्जाएर तीन महिनामा आठ लाख आम्दानी
-
च्याम्पियन्स लिग : इटालीको इन्टर मिलान सेमीफाइनलमा, अबको भिडन्त बार्सिलोनासँग