सिटिजन्स बैंकद्वारा दुई संस्थालाई छात्रवृत्ति प्रदान

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दुई संस्थालाई छात्रवृत्ति प्रदान गरेको छ ।
बैंकले एच.आई.भी संक्रमित अबोध बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा, मनोरञ्जन प्रदान गर्दै आएको बेबी लाइफ होमलाई दुई लाखको चेक हस्तान्तरण गरेको छ । बैंकले आफ्नो सोह्रौँ वार्षिक उत्सवका अवसरमा यस संस्थालाई आर्थिक सहयोग प्रदान गरेको हो ।
बैंकले उक्त चेक संस्थाका सञ्चालक राज कुमार पुनलाई हस्तान्तरण गरेको जनाएको छ । बेबी लाइफ होममा रहेका २७ जना एच.आई भी संक्रमित बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च गर्ने कुरा संस्थाका सञ्चालक राज कुमार पुनले जानकारी दिए ।
यस्तै कर्णाली क्षेत्र पर्यटन तथा सांस्कृतिक आरक्षण केन्द्र मार्फत श्री चन्दननाथ माविमा ३ वर्ष वन विज्ञान डिप्लोमा तह र मदन भण्डारी कृषि प्राविधिक विद्यालयमा वनस्पति विज्ञानमा तीन वर्षको डिप्लोमा कार्यक्रममा अध्ययनरत २ जना विद्यार्थीहरूलाई एक लाख रुपैयाँ बराबर छात्रवृत्ति प्रदान गरेको बैंकले जनाएको छ ।
आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी गराएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरि फैलिएका आफ्ना १८२ वटा शाखा, १३९ वटा ए.टि.एम. ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग इकाईहरूबाट १५ लाख ४० हजारभन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले वीरगञ्ज महानगरको नेतृत्व निर्वाचनबाट हुने, नोमिनेसन सुरु
-
पानी तान्ने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु
-
बबरमहलमा मोटरसाइकल र स्कुटर जुध्दा एक जनाको मृत्यु, दुई घाइते
-
लजमा जुवातास खेलिरहेका १३ जना पक्राउ
-
फिल्म ‘पिताम्बर’ का दर्शक भेट्न किन हलमा पुगे प्रदीप र दिव्या ?
-
ऋग्वेदका ऋचा रच्ने लोपामुद्रा को थिइन् ?