भारतीय निर्माण कम्पनीका अलपत्र ठेक्का तोड्न मन्त्री ज्वाला र राजदूतबीच छलफल

काठमाडौँ । भारतीय लगानी र भारतीय निर्माण कम्पनीले जिम्मा लिएका तर लामो समय काम नगरी अलपत्र पारेका योजना तोड्ने विषयमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री र भारतीय राजदूतबीच छलफल भएको छ ।
आइतबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवबीच लामो समयदेखि अलपत्र योजना तोड्ने र पठनाह–विराटनगर, रक्सौल काठमाडौँ रेल सेवा निर्माण र सञ्चालनका विषयमा छलफल भएको मन्त्रालयका सचिव केशव शर्माले बताएका छन् ।
भारतीय एक्जिम बैंकको लगानीमा केही योजनाहरू नेपालमा सञ्चालित छन् । ती योजनाहरू भारतीय निर्माण कम्पनीले सम्पन्न गर्ने ठेक्का पनि लिएका थिए । तर लामो समयसम्म निर्माण हुन सकेका छैनन् । दाङको लमही–घोराही सडक खण्डको जिम्मा भारतीय कम्पनीले लिएको थियो । सडक निर्माण अलपत्र परेपछि ठेक्का तोड्ने मनसायमा नेपाल र भारत दुवै पुगेका छन् ।
मन्त्री ज्वाला र राजदूत श्रीवास्तवकाबीच रक्सौल काठमाडौँ रेल सेवा निर्माणका विषयमा पनि कुराकानी भएको छ । नेपाल सरकारले यसलाई उच्च प्राथमिकतामा राखेको छ भने प्रधानमन्त्रीको भारत भ्रमणपछि यो आयोजनाले मुत्र्तरुप लिने आँकलन गरिएको छ ।
भेटवार्ता नेपाल भारत क्रस बोर्डर रेल सेवाका विषयमा पनि कुराकानी भएको छ ।
पठनाह–विराटनगर, न्यू जलपाइगुडी–काँकडभित्ता, जोगवेनी–विराटनगर, जयनगर–जनकपुर, नौतनवा–भैरहवा, रुपैडिया–नेपालगञ्ज क्रस बोर्डर रेल सेवाका विषयमा कुराकानी भएको सचिव शर्माले बताए । जयनगर जनकपुर कुर्ता खण्डको ३४ किलोमिटरमा रेल सेवा सञ्चालन भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटना : झण्डै ४७ करोड क्षति भएको प्रारम्भिक मूल्याङ्कन
-
पोखरामा खानेपानी अभाव, पानी माग्दै होटल सङ्घ पुग्यो संस्थान
-
‘रैथाने गाईको पञ्चगव्यमा आधारित उत्पादन’
-
इच्छाशक्ति भएमा अत्यावश्यक सामग्रीको आयात नियन्त्रण गर्न सकिन्छ : मन्त्री भण्डारी
-
सरकार ! एउटा प्रेम अदालत गठन गर् !
-
दानव नदीमा डुबेर बेपत्ता तीनमध्ये एक जनाको शव फेला