अस्कल क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका जैशी निर्वाचित
आइतबार, ०३ वैशाख २०८०, १९ : ३४

काठमाडौँ । अमृत साइन्स क्याम्पस (अस्कल) को स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका प्रेम जैशी (मामा प्रैम) निर्वाचित भएका छन् । नेविसंघ र नेपाल प्रजातान्त्रिक विद्यार्थी संगठनको समर्थनमा जैशी निर्वाचित भएका हुन् ।
आज भएको निर्वाचनमा उनले अनेरास्ववियुका कमल जोशीलाई ९ मतले पराजित गरेका हुन् । १ हजार ८२६ मतदाता विद्यार्थी रहेकामा १ हजार ३७४ जनाले मतदान गरेका थिए ।
अनेरास्ववियुको गड मानिएको अस्कलमा पहिलो पटक क्रान्तिकारीले जितेको हो । २०६५ सालमा भएको निर्वाचनमा अनेरास्ववियुले जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुपन्देहीको सहिद नारायण पोखरेल क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी
-
गलकोट बहुमुखी क्याम्पसमा क्रान्तिकारीका साहानी निर्वाचित
-
महाराजगन्ज नर्सिङ क्याम्पसमा नेविसंघकी पोखरेल निर्वाचित, एक मतले हारेपछि अनेरास्ववियुको विरोध
-
‘पाठेघर मुखको क्यान्सर’ खोजी गर्न अभियान सञ्चालन
-
एएनए सम्मेलन क्यानडाको क्यालगरीमा हुने
-
दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची