'ए' डिभिजनका खेलमा 'बी' डिभिजन क्लबको विरोध

काठमाडौँ । सहिद स्मारक बी डिभिजन लिग अनिश्चित भएको भन्दै आइतबार सहिद स्मारक ए डिभिजन लिगको दौरानमा बी डिभिजन क्लबले सांकेतिक विरोध गरेका छन् ।
च्यासल मैदानमा सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत संकटा र एपिएफबीचको खेलका दौरान ‘बी’ डिभिजन लिग क्लबले प्रश्नबाचक चिन्हसहित सांकेतिक विरोध गरेका हुन् ।
विभिन्न पम्प्लेट लिएर उपस्थित भएका ‘बी’ डिभिजन लिगका पदाधिकारीले क्रिकेटको ब्याटमा ‘बि’ डिभिजन ? लेखेर प्रदर्शन गरेका थिए । विरोध प्रदर्शनमा उत्रिएका सरस्वती यूथ क्लबका एक पदाधिकारी शिक्षित पराजुलीले बी डिभिजन लिगलाई हेर्ने दृष्टि तल्लो दर्जाको रहेको र चाँडो भन्दा चाँडो मिति तय गरेर खेलाडीलाई खेल्ने वातावरण मिलाउन आग्रह गरे । पराजुलीले खेलको दौरानमा गरेको प्रदर्शन एन्फालाई सांकेतिक सुझाव भएको बताए ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले सुरुमा चैत १५ मा हुने तय भएको लिग एन्फाले चैत २९ मा सारेको थियो । आर्थिक विषयलाई उल्लेख गर्दै एन्फाबाट लिग हुन्न भन्ने भएपछि लिग क्लबहरुले विरोध गरेका हुन् । क्लबहरुले क्षतिपूर्तिको माग पनि गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहुल र पोरेल चम्किएपछि आईपीएलमा दिल्लीको शानदार जित
-
बाँकेमा भूमिहिनलाई लालपूर्जा वितरणको तयारी
-
१० बजे १० समाचार : कक्षा १२ को परीक्षा रोकियो, शिक्षकपछि कर्मचारीको आन्दोलन
-
सोलुखुम्बुमा जलवायुसम्बन्धी सम्मेलन सम्पन्न
-
नेपाल आए मेटाका प्रतिनिधि, होला सामाजिक सञ्जाल दर्ता ?
-
आईपीएल : दिल्लीले कमब्याक गर्दा १ सय ५९ रनमा रोकियो लखनउ