प्रधानमन्त्री प्रचण्ड वैशाख अन्तिमसम्म भारत भ्रमणमा जाने तयारी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैशाख अन्तिम साता भारत भ्रमणमा जाने तयारी गरेका छन् । अध्यक्ष प्रचण्डले प्रधानमन्त्री भएपछि पहिलोपटक औपचारिक भ्रमणमा भारत जाने तयारी गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणको निम्तो दिइसकेकाले दुई देशको आपसी समझदारीमा भ्रमणको मिति तय गरिने प्रधानमन्त्री सचिवालयका एक सदस्यले बताए । ‘प्रधानमन्त्रीज्यूलाई भारत भ्रमणको निम्तो आइसकेको छ । भ्रमण गर्ने भए पनि दुई देशको तर्फबाट तयारी गर्नुपर्ने हुन्छ’ ती सचिवालय सदस्यले भने, ‘परराष्ट्र मन्त्रीले आज शपथ लिनुभयो । यो महिनाको अन्तिमसम्म प्रधानमन्त्री ज्यूको भारत भ्रमण हुनसक्छ ।’
प्रधानमन्त्री प्रचण्डले छिट्टै भारत भ्रमण गर्ने भनिए पनि मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा र नजिकिएको उपनिर्वाचनका कारण ढिलाइ भएको सचिवालयका ती सदस्यले बताए । प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा परराष्ट्र मन्त्रालयले समेत तयारी थालेको छ । आइतबार शपथ लिए लगत्तै परराष्ट्र मन्त्री एनपी साउदले प्रधानमन्त्रीको भारत भ्रमण छिट्टै हुने बताएका छन् । आफूले परराष्ट्र मन्त्रीको जिम्मेवारी सम्हालिसकेकाले प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा लाग्ने साउदले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्यमन्त्री पौडेल अमेरिकाको न्युयोर्कमा
-
झापामा ५० हजार बढी भूमिहीनले मागे जग्गाधनी पूर्जा
-
आईपीएलमा गुजरातको लगातार तेस्रो जित, चार खेल गुमाउँदै हैदरावाद झर्यो पुछारमा
-
रोचक बन्दै ला लिगा, शीर्ष टोलीलाई धक्का पुग्दा एटलेटिकोलाई सफलता
-
प्रिमियर लिग : लिभरपुल फुलहमसँग हार्दा म्यान्चेस्टर डर्बीमा गोलरहित बराबरी
-
१२ बजे, १२ समाचार : अग्रज पत्रकार भैरव रिसालको निधनदेखि तीनकुने घटनाबारे प्रधानमन्त्री र गृहमन्त्रीको फरक-फरक भनाइसम्म