समाचार
महसुल नतिर्ने उद्योगप्रति कठोर बन्दै प्राधिकरण, सोनापछि काटियो रोल्पा सिमेन्टको लाइन
आइतबार, ०३ वैशाख २०८०, १७ : २३
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल नतिर्ने उद्योगप्रति कठोर निर्णय लिन थालेको छ । प्राधिकरणले करोडौं महसुल बक्यौता रहे पनि नतिर्ने उद्योगहरूको धमाधम लाइन नै काट्न थालेको हो । प्राधिकरणले यसअघि दाङमा अवस्थित सोना सिमेन्टको लाइन काटेको थियो । उद्योगले बक्यौताबापतको ७५ करोड ५९ लाख रुपैयाँ नतिरेपछि प्राधिकरणको नेपालगन्जस्थित क्षेत्रीय वितरण केन्द्रले लाइन नै काटिदिएको थियो ।
लगत्तै, आज प्राधिकरणको टोलीले रोल्पा सिमेन्टको लाइन काटेको छ । रोल्पा सिमेन्टले बिजुली बाले बापतको ८ करोड ४४ लाख रुपैयाँभन्दा धेरै बक्यौता तिर्न बाँकी छ । आज पनि रोल्पा वितरण केन्द्रले नै लाइन काटिदिएको हो । यसअघि पटक–पटक बक्यौता रकम तिर्न आग्रह गरे पनि नमानेपछि लाइन नै काटेको प्राधिकरणले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अप्रिलको पलेँटीमा प्रस्तुत हुँदै संगीता
-
सिरहामा कटुवा पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ
-
वर्षायाममा मेलम्ची खानेपानी बन्द हुँदैन: मन्त्री यादव
-
शिक्षामन्त्रीको राजीनामा र देउवा थाइल्याण्ड भ्रमणबारे बोले प्रधानमन्त्री
-
कक्षा १२ को परीक्षामा सहभागी नहुन शिक्षक महासङ्घको अनुरोध
-
हिमालयन एभरेष्ट इन्स्योरेन्सले जित्यो, दोस्रो इन्स्योरेन्स कप फुट्सलको उपाधि