माओवादी नेता महरा नेतृत्वको वार्ता टोली संवादमै सीमित

काठमाडौँ । नेकपा माओवादी केन्द्रले वार्ता टोली गठन गरेपनि संवादमै सीमित भएको छ । विभिन्न शक्तिहरुसँग पार्टी एकता वा मोर्चाबन्दी गर्न छलफल गरेपनि टोली संवादमै सीमित भएको हो ।
माओवादी केन्द्रले गत पुस २३ गते विभिन्न वाम शक्तिहरुसँग पार्टी एकता गर्न पाँच सदस्यीय वार्ता टोली गठन गरेको थियो । पार्टी उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा महासचिव देवप्रसाद गुरुङ, उपमहाचिवहरु जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत र गिरिराजमणि पोखरेल सदस्य छन् ।
महरा नेतृत्वको वार्ता टोली गठन भएको चार महिना हुँदा पनि वार्ता गरेर कुनै परिणाम निकाल्न सकेको छैन । चार महिनाको अवधिमा कुनै पार्टीसँग एकता गर्नेगरी समझदारी गर्न सकेको छैन । तर, वार्ता टोलीले भने विभिन्न शक्तिसँग संवाद जारी राखेको छ ।
बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादीदेखि नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत लगायत पार्टीसँग संवाद गरी सकेको छ ।
बाबुराम नेतृत्वको नेसपासँग धेरै चरणमा छलफल भएपछि प्रधानमन्त्री प्रचण्ड र बाबुराम बसेर एकता टुंगो लगाउने समझदारी भएको थियो । अन्तिमता प्रचण्ड बाबुरामबीच समेत एकता हुन सकेको छैन ।
तर, वार्ता टोलीका सदस्य एवं पार्टी महासचिव देव गुरुङले वार्ता टोलीले विभिन्न पार्टीहरूसँग छलफल गरिरहेको बताए । कतिपय पार्टीसँग एकता हुनेगरी अन्तिममा पुगिएको गुरुङले बताए ।
‘पार्टीले वार्ता टोली बनाएपछि पार्टी एकता वा मोर्चाबन्दी गर्ने विषयमा विभिन्न पार्टीहरूसँग संवाद जारी राखेका छौं’ गुरुङले भने, ‘अब छिट्टै सुखद सन्देश सुन्न पाइने छ । केही पार्टीहरूसँग एकता हुन्छ ।’ तर, कुन कुन पार्टीसँग कसरी एकता हुँदैछ भन्ने विषयमा गुरुङले खुलाएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘द्रौपदी’ लाई विशेष चलचित्र अवार्ड
-
सिनियर इन्स्पेक्टरविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी
-
६२० प्यालेस्टिनी कैदीहरूको रिहाइ नहुँदासम्म हमासले रोक्यो वार्ता
-
नेपाल बैङ्कले बोलायो साधारणसभा, तीन सञ्चालक निर्वाचन गर्ने एजेन्डा
-
सङ्घीयताबाट पछाडि हट्न सक्ने स्थिति छैन : सांसद चन्द
-
‘कोशी एक्सिलेन्स अवार्ड’ साहित्यकार घिमिरेलाई अर्पण