कलाकार विजय बराललाई पुत्रलाभ
आइतबार, ०३ वैशाख २०८०, १५ : ५८

काठमाडौँ । अभिनेता विजय बराल बुवा बनेका छन् । उनकी पत्नी प्रमिलाले बागबजारस्थित काठमाडौँ मोडल अस्पतालमा आइतबार बिहान छोरालाई जन्मदिएकी हुन् ।
विजयले छोराको बुबा बनेको खुसी सामाजिक सञ्जालबाट शेयर गरेका छन् । उनले लेखेका छन् ‘दुःख लुकाउनु, खुसी साट्नु भन्छन् । त्यस्तै गरियो । घरमा नयाँ सदस्यको आगमन । पुत्र लाभ ।’
शिशुको तौल २.६ किलो रहेको छ । बरालको यो पहिलो सन्तान हो । बरालले प्रमिलासँग तीन वर्ष अगाडि प्रेम विवाह गरेका थिए ।
कबड्डी र जारीमा उनलाई विवाह गर्न नसकिरहेको पात्रको भूमिकामा देख्न सकिन्छ । ‘जीवन र कथा फरक होला,’ उनले भने । तीन वर्षअघि लकडाउनकै समयमा विजय र प्रमिलाबीच विवाह भएको थियो । कामको कुरा गर्दा ‘डिग्री माइला’ उनको आगामी फिल्म हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गैँडाको शून्य चोरीसिकार पाँच सय दिन कट्यो
-
स्वान्सी सिटीको सहमालिक बने चर्चित फुटबलर लुका मोड्रिच
-
९ महिनामा करिब ५८ अर्ब वैदेशिक लगानी प्रतिबद्धता, कुन क्षेत्रमा कति लगानी ?
-
झुक्किएर डिपोर्ट भएकालाई अमेरिकाले फिर्ता नल्याउने
-
शिक्षकहरूका मागका विषयमा तीन मन्त्री छलफलमा
-
आणविक हतियारको मुद्दामा इरानबारे के भन्छन् ट्रम्प ?