ठगी कम गराउन वैदेशिक रोजगार व्यवसायीहरूलाई क्षमता अभिवृद्धि तालिम
![ठगी कम गराउन वैदेशिक रोजगार व्यवसायीहरूलाई क्षमता अभिवृद्धि तालिम](https://npcdn.ratopati.com/media/news/foreign-employment-professional_6j0CWSIWHI.jpg)
काठमाडौँ । सरकारले वैदेशिक रोजगार व्यवसायीहरूको क्षमता अभिवृद्धि गर्न तालिम दिन थालेको छ । वैदेशिक रोजगार क्षेत्रमा देखिएका विद्यमान समस्यालाई कम गर्न बोर्डले तालिम दिन थालेको हो ।
आइतबार र सोमबार गरेर दुई दिनसम्म चल्ने तालिममा सबै व्यवसायीलाई अनिवार्य गरिएको बोर्डका कार्यकारी निर्देशक डाक्टर द्वारिका उप्रेतीले जानकारी दिए ।
तालिममा व्यवसायीहरूलाई विद्यमान रहेका कानुन, व्यवसायीहरूको नैतिकता, अन्तर्राष्ट्रिय अभ्यास लगायतका विषयमा जानकारी गराइने उनको भनाई छ ।
तालिमको आज एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । तालिमको उद्घाटन गर्दै श्रम रोजगार सामाजिक सुरक्षामन्त्री शरद सिंह भण्डारीले तालिमबाट व्यवसायीहरूलाई धेरै राहत मिल्ने बताए ।
तालिममा व्यवसायीका समस्या र अबको वैदेशिक रोजगारी कसरी समय सापेक्ष बनाउन भन्ने विषय छलफल हुनेछ । त्यस्तै व्यवसायीहरूबाट ठगिँदै आएका नेपाली श्रमिकका समस्या कसरी समाधान गर्ने भन्ने विषयमा समेत सरकारी अधिकारीहरू र व्यवसायीबीच छलफल हुने उप्रेतीले बताए ।
तालिममा वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्य, मन्त्रालयका सहसचिवहरू राजिव पोखरेल, डा. भीष्मकुमार भुसाललगायतले प्रशिक्षण दिनेछन् ।
व्यवसायीहरूबाट नेपाली श्रमिक ठगिँदै आएका घटना व्याप्त छन् । यस्ता कतै नियतबस ठग्ने गरेका देखिन्छन् भने कतिपय अवस्थामा नजानेर श्रमिक ठगीमा पर्ने गरेका छन् ।
तालिमबाट व्यवसायीहरूले नेपालमा विद्यमान रहेका कानुनी अवस्थाको बारेमा जानकारी पाउनेछन् । त्यस्तै अन्तर्राष्ट्रिय स्तरमा कस्तो खालका अभ्यासहरू भइरहेका भन्ने विषयमा समेत व्यवसायीहरूलाई जानकारी गराइनेछ ।
उक्त, तालिम पश्चात व्यवसायीहरूबाट श्रमिकमाथि हुने गरेका ठगीका घटना कम हुने अपेक्षा बोर्डले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा कास्कीले भन्यो– लामिछानेको रिहाइले सत्यको जीत
-
राजेन्द्र लिङ्देनले भेटे प्रधानमन्त्री ओलीलाई, के भयो कुराकानी ?
-
शीतलहरले तराईमा जनजीवन प्रभावित
-
बीमा प्राधिकरणको अध्यक्षका लागि आवेदन खुल्यो
-
नयाँ क्षेत्रसम्म पुग्यो लस एन्जलसको डढेलो, मर्नेको संख्या पनि बढ्यो
-
सरकार विरोधी प्रदर्शनपछि भेनेजुएलामा विपक्षी नेतृ माचादो पक्राउ