दुबई : आवासीय भवनमा आगलागी, १६ जनाको मृत्यु
आइतबार, ०३ वैशाख २०८०, १४ : २०

दुबईको एक आवासीय भवनमा आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार भारतीयसमेत रहेको बीबीसीले बताएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार यस घटनामा ९ जना घाइते भएका छन् ।
भवनको चौथो तलाबाट सुरु भएको आगो अन्य भागमा पनि फैलिएको थियो । खलिज टाइम्सले भारतीय सामाजिक कार्यकर्ता नसीर वतनापल्लीलाई उद्धृत गर्दै आगलागीमा परी मृत्यु भएका चार भारतीय मध्ये एक दम्पती पनि रहेको बताएको छ ।
दुबई सिभिल डिफेन्सका प्रवक्ताले प्रारम्भिक अनुसन्धानले भवनमा आगोबाट बच्ने पर्याप्त प्रबन्ध नभएको देखाएको जानकारी दिएका छन् । आगलागीबाट भवनमा भएको क्षतिबारे अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चैत महिनाका लागि एक दर्जन बैंकले गरे ब्याजदर घटबढ
-
चालकले लागु पदार्थ सेवन गरेको जाँच गर्न इन्स्पेक्टरको नेतृत्वमा टोली परिचालन
-
होलीलाई सुरक्षित बनाउन रौतहटमा ५१३ प्रहरी परिचालन गरिने
-
ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा १५० सवारी साधन होल्ड
-
‘पञ्चायत’ का सफल अभिनेतालाई काम पाउनै सकस
-
सभ्य बन्दै होली : अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै