सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्रीसहितको गिरोहलाई कारबाही गर्न मेटमणीको माग

आइतबार, ०३ वैशाख २०८०, १४ : २१
आइतबार, ०३ वैशाख २०८०

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद मेटमणी चौधरीले नक्कली भुटानी शरणार्थी बनाउने गिरोहलाई कारबाही गर्न माग गरेका छन् । 

आइतबार बसेको प्रतिनिधि सभाको बैठकको आकस्मिक समयमा बोल्दै सांसद चौधरीले सो गिरोहमा पूर्वमन्त्री समेत संलग्न भएको, गृह मन्त्रालयको गाडी समेत प्रयोग भएको विषयबारे संसदमा ध्यानाकर्षण गराएका हुन् ।

उनले भने,‘नेपाल सरकारले २०७५ साल मंसिर ३ गते बाँकी रहेका भुटानी शरणार्थी समस्या समाधानका लागि समिति गठन गर्ने निर्णय बमोजिम २०७६ साल साउन २४ गते तत्कालीन गृहमन्त्रीको संयोजकत्वमा ९ सदस्य समिति गठन भयो । पछि नेपालीलाई भुटानी शरणार्थी बनाउन नेपाली गिरोह सक्रिय भयो । त्यसमा तत्कालीन मन्त्री, सचिव र उच्च पदस्थ कर्मचारीहरूको समेत नाम मुछियो । एकजनाबाट १० लाखदेखि ५० लाख रुपैयाँसम्म उठाएको, गृह मन्त्रालयको गाडी प्रयोग भएको र मन्त्रीहरुको नातेदारको नाममा चेक समेत काटिएको म्यासेन्जर र हाट्सएपमा कुराकानी भएको रेकर्ड भेटिएको छ । त्यस कारण यो मानव बेचबिखन र ठगीको जघन्य अपराध हो । अपराधमा संलग्न जोसुकै होस कारबाहीको दायरामा ल्याउनुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप