समाचार
चितवनमा पनि कोरोना संक्रमणबाट १ जनाको मृत्यु
आइतबार, ०३ वैशाख २०८०, १४ : १६

चितवन । जिल्लामा कोरोनाका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१० का ६४ वर्षीय पुरुष रहेको स्वास्थ कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रमुख दुर्गा चापागाईँका अनुसार निमोनियाका कारण चितवन मेडिकल कलेजमा उपचाररत उनलाई चैत ३० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङक्रमणका कारण उनको शनिबार मृत्यु भएको हो ।
जिल्लामा अहिले दशजना सक्रिय सङ्क्रमित छन् । कार्यालयको तथ्याङ्क अनुसार भरतपुर महानगरपालिकामा आठ, रत्ननगर र कालिका नगरपालिकामा एक÷एक रहेका छन् । सङ्क्रमित सबै होम आइसोलेशनमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्क साम्पाङसहित तीन जनाविरुद्ध उजुरी
-
राजधानीका ठुला अस्पतालका क्यान्टिन सन्तोषजनक छैनन् : विभाग
-
‘महिनाको १६ हजार १० रुपैयाँमा पीजी कार्यक्रम चलाउन सकिँदैन’
-
‘भारतीय प्रधानमन्त्रीले नेपालका धार्मिक स्थलको प्रचार गर्नुहुन्छ, हाम्रा प्रधानमन्त्रीहरूलाई मतलब छैन’
-
आन्दोलनका कार्यक्रम स्थगित गर्न कर्मचारी ट्रेड युनियनलाई गगन थापाको आग्रह
-
सुन तस्करी विवादमा मुछिएका सहसचिव अधिकारीको बागमती प्रदेशमा सरुवा