चिकित्सा शास्त्र स्नातकोत्तर तहको विद्यार्थी भर्नामा योग्यताक्रम मिचिएको भन्दै संसदमा डा तोसिमाले गरिन् विरोध

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले चिकित्सा शास्त्र अन्तर्गतको स्नातकोत्तर तहको विद्यार्थी भर्नामा योग्यताक्रम मिचिएको भन्दै विरोध गरेकी छन् । उनले यो विषय तत्काल सच्याउन सरकारसँग माग गरिन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अदालतको आदेश, ऐन, कानुन र नियमावलीको मर्म र भावना विपरीत राष्ट्रिय चिकित्सा शिक्षा आयोगले सो तहको विद्यार्थी भर्ना नसच्याएको भन्दै तत्काल सच्याउन माग गरिन् ।
सरकारले बढी अङ्क ल्याएका विद्यार्थीहरूलाई छात्रवृत्ति पनि नदिने, रोजेको विषय र शिक्षण संस्था पनि नदिने गरी भर्ना प्रक्रिया अघि बढाएकाले त्यसलाई तत्काल रोकी कम्प्युटर बेस प्रणालीमा म्याचिङ गरिनुपर्ने उनको माग छ ।
‘चिकित्सा शिक्षा आयोग पछिल्लो समयमा विचलित भएजस्तो देखिन्छ । स्नातकोत्तर तर्फको विद्यार्थी भर्नामा म्याचिङ प्रणालीमा योग्यता क्रम मिचिएको छ । अदालतबाट उचित आदेश प्राप्त भयो । तर पनि भर्ना प्रक्रिया सच्याइएको छैन’, उनले भनिन्, ‘सभामुख महोदयमार्फत म शिक्षामन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु–तत्कालै यो भर्ना प्रक्रिया सच्याइयोस् । र, थप क्षति हुनबाट स्वास्थ्य संयन्त्रलाई जोगाइयोस् ।’
सांसद कार्कीले सरकारले जेहेन्दार विद्यार्थीहरूमाथि कुठाराघात गर्ने र स्वास्थ्य संस्थाहरूलाई थप क्षति हुने कुनै पनि खालको काम गर्न नहुने समेत बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलन : मंगलबार रातिको वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सहभागी
-
आठ वर्षपछि दिल्लीको मैदानमा कोलकाताको पहिलो जित, नरेनको अलराउण्ड प्रदर्शनले लियो हारको वदला
-
आफुहरुको माग सम्बोधन हुनेमा शिक्षक महासंघ विश्वस्त, १२ को परीक्षाबारे गम्भीर, आन्दोलन जारी रहने
-
१२ बजे, १२ समाचार : सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीनदेखि कजरिया टायल्सको कारोबार रोक्कासम्म
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा