भक्तपुरमा नयाँ शाखा संचालनको अवसरमा वात्सल्यले नि:शुल्क आई.यू.आई र अल्ट्रासाउण्ड सेवा दिने

काठमाडौँ । नि:सन्तान सम्बन्धी सम्पूर्ण उपचार प्रदान गर्दै आएको वात्सल्य नेचुरल आई. भी. एफ. ले भक्तपुरको गट्ठाघर चोकमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ। नयाँ वर्षबाट संचालनमा ल्याइएको क्लिनिकले भक्तपुर र आसपासका क्षेत्रमा वसोबास गर्ने दम्पतिलाई सहजता प्रदान गर्ने कार्यकारी निर्देशक प्रशान्त सुवेदीले विश्वास व्यक्त गरे ।
नयाँ शाखा सञ्चालनको अवसरमा भक्तपुरबाट सीमित समयका लागि अल्ट्रासाउण्ड र आई. यू. आई नि:शुल्क प्रदान गरिने उनको भनाइ छ ।
उनले भने, “नयाँ वर्षमा नयाँ शाखा संचालनको अवसर पारेर हामीले सिमित समयका लागि अल्ट्रासाउण्ड र आई. यू. आई नि:शुल्क प्रदान गर्दैछौँ ।” सन्तान प्राप्त गर्न नसकेका तर खर्च धेरै हुने सोचका कारण आधुनिक उपचारमा जान नचाहने दम्पतिका लागि यो अवसर आफ्नो प्रजनन् अवस्था बुझ्न र आई. यू. आई. मार्फत् सन्तान प्राप्त गर्न राम्रो अवसर सावित हुन सक्ने वात्सल्यको भनाइ छ।
उक्त शाखामार्फत सन्तान नहुने समस्या सम्बन्धि परामर्श, कारण पहिचानका लागि विभिन्न परीक्षण, आई.यू. आई, गर्भावास्था बेलाको जाँच र परामर्शलगायतका सेवा उपलब्ध हुने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुम्लाका दुर्गम गाउँमा टेलिकमको ‘फोरजी’ सञ्चालनमा
-
१२ बजे, १२ समाचार : पशुपति जलहरी प्रकरणमा अख्तियारद्वारा सर्वोच्च्मा पुनरावलोकन दर्तादेखि सुप्रिम सहकारी ठगीमा रवि र छविको मुद्दा एकसाथ सुनुवाई हुनेसम्म
-
रिंकु र प्रकृतिका लागि न्याय माग्दै सिराहामा प्रदर्शन
-
गुल्मीको इस्मा गाउँपालिकामा कपडा बैङ्क स्थापना
-
फिल्म ‘लाज शरणम’को जाँचपछि सेन्सर बोर्डले के भन्यो ?
-
किन पर्यो नेपाल ‘ग्रे लिष्ट’मा, यसले कस्तो प्रभाव पर्छ ?