कर्णालीमा प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

सुर्खेत । कर्णालीमा आइतबारदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा १३ औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता सुरु भएको हो । प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रतियोगिताको उद्घाटन गरेका हुन् । प्रदेश खेलकुद परिषद्को आयोजनामा आयोजित प्रतियोगितामा हुम्ला बाहेक ९ जिल्लाका खेलाडी र प्रशिक्षक गरी झन्डै ८ सयको हाराहारीमा सहभागिता रहेको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री शर्माले कर्णाली खेल क्षेत्रमा अग्रसर भइरहेकोप्रति खुसी व्यक्त गरे । थुप्रै ख्यातिप्राप्त खेलाडी जन्माएको कर्णाली उर्वर भूमि रहेको भन्दै शर्माले सरकार खेल क्षेत्रको विकासमा अग्रसर भइरहेको उल्लेख गरे ।
उद्घाटन कार्यक्रममा सहभागी कांग्रेस संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णाली विपन्नताबाट गुज्रिएको भए पनि खेल क्षेत्रमा उल्लेखनीय विकास भइरहेको बताए । एमाले संसदीय दलका नेता यामलाल कँडेलले भने अझै पनि खेल क्षेत्रका लागि कर्णालीमा पूर्वाधारको अभाव भइरहेकाले सरकारले यतातर्फ ध्यान दिनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्ध अन्त्य ‘निकै टाढा’ भनी जेलेन्स्कीले दिएको अभिव्यक्तिमाथि खनिए ट्रम्प
-
आफ्नै जमिन नहुनेहरुका लागि अल्लो बन्यो उद्यम
-
विराट गोल्डकप फुटबलः पहिलो खेलमा मोरङ एफए विजयी
-
१२ बजे, १२ समाचार : महान्यायाधिवक्ता कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचनादेखि हृदयाघात भएका पूर्वयुवराज पारस शाह आइसीयुमासम्म
-
केपी ओली कप फुटबल : मछिन्द्रका सनिश सर्वोत्कृष्ट खेलाडी
-
नेपाली जनप्रगतिशील मञ्च जापानको साधारणसभा तय