लागु औषधसहित २ जना पक्राउ
आइतबार, ०३ वैशाख २०८०, १३ : ४८

सुर्खेत । सुर्खेत प्रहरीले लागु औषधसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिका–७ बस्ने २८ वर्षीय झलक वादी र सोही पालिकाको वडा नं–९ का ३३ वर्षीय हरि विक रहेका छन् ।
उनीहरूलाई भेरीगंगा नगरपालिका–८ गोचे खोलाबाट पक्राउ गरिएको सुर्खेत प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय छिन्चुबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा विकको साथबाट रातो प्लाष्टिकको मेघाश्रीको खोलमा लुकाई छिपाई राखेको अवस्थामा ११ पुडिया ब्राउन सुगर भेटिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यमनको इन्धन बन्दरगाहमा अमेरिकी आक्रमण : मृत्यु हुनेको सङ्ख्या ७४ पुग्यो
-
समाजवादी ट्रेड युनियन महासंघको महाधिवेशन हुँदै
-
दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु
-
सीके राउतको गेम : श्रीमानविरुद्ध उजुरी, श्रीमतीलाई कुर्सी
-
माल्टामा क्यासियर काम गर्दै आएका सरुनलाई अन्तर्राष्ट्रिय बडीबिल्डिङ प्रतियोगितामा उत्कृष्ट सफलता
-
शुभयात्रा कलेक्सनको आउटलेट विस्तार