बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
विश्वको सबैभन्दा प्रदूषित सहर काठमाडौँ, हेर्नुहोस् तस्बिरहरू
फोटोफिचर

विश्वको सबैभन्दा प्रदूषित सहर काठमाडौँ, हेर्नुहोस् तस्बिरहरू

आइतबार, ०३ वैशाख २०८०

काठमाडौँ । काठमाडौँ उपत्यका विश्वको सबैभन्दा प्रदूषित सहर बनेको छ । देशका विभिन्न स्थानमा लागेको डढेलोका कारण आइतबार काठमाडौँ विश्वको सबैभन्दा प्रदूषित सहरको सूचीमा सूचीकृत भएको हो । फोरा दरबारमा रहेको प्रदूषण मापन केन्द्रले काठमाडौँ उपत्यकाको प्रदूषण तह २१८ पुगेको देखाएको छ ।

कुनै पनि सहरको प्रदूषण तह २ सय नाघेमा त्यसले सबै उमेर समूहका व्यक्तिको स्वास्थ्यलाई असर पार्ने चिकित्सकहरू बताउँछन् । तराईसहितका शहरमा दिउँसो प्रदूषण घटे पनि काठमाडौँ उपत्यकामा थिग्रिएको प्रदूषणका कण बाहिरी निस्किन नसक्दा बाह्य वातावरण खराब बनेको वातावरणविदहरुको भनाई छ । पछिल्ला एक सातादेखि नेपालका वनजंगलमा दैनिक ६ सयभन्दा धेरै ठाउँमा डढेलो लागिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया