बुटवलमा पार्किङ ठेकदारको मनोमानी : सवारी साधनको नम्बरसमेत उल्लेख नगरी रसिद काटिँदै

रुपन्देही । बुटवल उपमहानगरपालिकाले बुटवलको बजार क्षेत्रमा लगाएको ठेक्का सम्झौता विपरीत सवारी साधनको ट्रिप शुल्क र पार्किङ शुल्क उठाउने कार्यजारी छ ।
उपमहानगरपालिकासँग ठेकदारले गरेको सम्झौतामा रात्रिसेवाका बसलाई कुनै शुल्क नलिने उल्लेख गरिए पनि शुल्कलिने गरिएको छ । सवारी साधनको नम्बरसमेत नलेखेर रसिद काट्ने गरिएको छ ।
ठेकेदार कम्पनीले अघिल्लो दुईमहिनासम्म त बसपार्कभित्र पस्ने मोटरसाईकललाई समेत १० रुपैयाँ शुल्क लिने गरेको थियो । व्यापक गुनासोपछि अहिले मोटरसाईकललाई शुल्क लिन छोडिएको छ ।
बुटवल उपमहानगरपालिकाको स्वामित्वमा रहेको लुम्बिनी बस टर्मिनल (नयाँ बसपार्क) मादिवा सेवा र रात्रिसेवाका सवारी साधनबाट जथाभावी रकम असुलीकार्य नरोकिएको स्थानीयनारायण ओलीले बताए ।
ठेकेदार पक्ष र उपमहानगरको तर्फबाट कर्मचारीहरु मित्रमणि खनाल, लेखनाथ पोखरेल लगायतले हस्ताक्षर गरेको सम्झौता पत्रमा चालु आर्थिक वर्ष २०७९-०८०, ०८०-०८१ का लागि उपमहानगरले आह्वान गरेको बोलपत्रमा गणेश एण्ड सन्स कन्स्ट्रक्सनले ठेक्का पाएको छ ।
तर उक्त ठेक्का सम्झौतामा तोकिएको दररेट भन्दा कैयौं गुणा फरक पारेर जथाभावी रकम असुली गरेको पाइएको हो ।
दुई आर्थिक वर्षका लागि कन्स्ट्रक्सनले २ करोड ९१ लाख, ५४ हजार भ्याटसहित २०७९ असोज ३० गतेदेखि २०८१ असार मसान्तसम्म सञ्चालनगर्न ठेक्का पाएको हो ।
उपमहानगरपालिकाले गतभदौ १४ गते आय ठेक्का सम्बन्धी बोलपत्र आह्वानको पहिलो पटक प्रकाशित गरेको सूचनामा बसपार्कको क्षेत्राधिकार भन्दा बाहिरबाट शुल्क उठाउन नपाउने भएपनि कार्यान्वयनमा मनोमानी गरिएको छ ।
सम्झौतापत्रमा ३० वटा शर्त नियम तथा प्रावधानहरु उल्लेख गरिएको छ । जसमा बसपार्कदेखि बाहिर रहेको पूर्वपश्चिम राजमार्गमा चल्ने लामो दूरीका बस, बुटवलको राजमार्ग चौराहा, सिद्धार्थ राजमार्गअन्तर्गत रुपन्देही–पाल्पा सीमाक्षेत्रमा पर्ने चिडियाखोला, नेपालगञ्ज रोड र नयाँबसपार्क अगाडिको राजमार्गमा बसेर शुल्क उठाउन नपाउने स्पष्ट शर्त छ । तर ठेकेदार कम्पनीले ती ठाउँबाट दैनिकहजारौं रुपैयाँ असुल्दै आएको छ ।
ठेकेदार गणेश श्रीसका अनुसारअन्य ठाउँमा सम्झौता अुनसारै शुल्क लिएको दाबी गर्दै भने, ‘मानिसहरुले दिनभरि पनि पार्किङ गरिन्छिन्, त्यस अुनसार शुल्क त लिनैपर्छ ।’
६० रुपैयाँ तोकिए पनि १०० रुपैयाँ उठाउँदै
ठेकेदारसंगको सम्झौता अनुसार बुटवलबाट छुटेर रुपन्देहीको भैरहवा, पाल्पा, कपिलबस्तु,नवलपरासीसम्मको लामो दुरीको चल्ने सवारी साधनको ट्रिप शुल्क ६० रुपैयाँ तोकिएको छ । तरठेकेदारले १०० रुपैयाँ उठाउँदै आएको छ ।
दुरीको हिसावले साना र ठूला सवारी साधनलाई १० रुपैयाँदेखि ६० रुपैयाँ तोकिएको भएपनि ठेकेदार कम्पनीका २० जना कर्मचारीले २० देखि १०० रुपैयाँसम्म शुल्क असुल्ने गरेका छन् ।
सम्झौताअनुसार लामो दूरी एसी बस १००, लामो दूरीमाचल्ने बस, मिनीबस, माइक्रोबस ६०, लोकल रुटमा चल्ने बस, मिनीबस, माइक्रोबस ५०, छोटो दूरीको बस, मिनीबस, माइक्रोबस ५०, नगर रुट बस, मिनीबस, माइक्रोबस २०, लामो दूरीमाचल्ने टाटा सुमो, जीपआदि ४० रुपैया तोकिएको छ ।
त्यस्तै,लोकल रुट टाटा सुमो, जीपआदि ३०, छोटो दूरी टाटा सुमो, जीपआदि २०, नगर रुट टाटा सुमो, जीपआदि १५, निजी भाडाका जीप तथा कार भ्यान आदि १५ र सामान ढुवानीका लागि रिक्सा टर्मिनल प्रवेश गर्दा १० रुपैयाँ प्रतिपटक लिन पाउने उल्लेख गरिएको छ ।
उपमहानगरका प्रशासन शाखा प्रमुख रामप्रसाद अर्यालले सम्झौता विपरीत ठेकेदारले काम गरेको गुनासो आएपछि उनलाई बोलाएर सम्झाउने काम गरिएको बताए । उनले भने, ‘धेरै समय पार्किङ गरेको भन्दै शुल्क बढी लिने गरेको दाबी ठेकदार पक्षले गरेको थियो । हामीले चेतावनी दिएर सम्झौताअनुसार शुल्क उठाउन आग्रह गरेका छौं ।’
बसपार्कमा शुल्कको दररेट समेत राख्न ठेकेदारलाई बोलाएर आग्रह गरेको उनले बताए । तर उपमहानगरका कर्मचारी र ठेकेदारकै मिलेमतोमा मनपरी सवारी शुल्क उठाइएको यातायात ब्यवसायीको गुनासो छ । यसरी असुली गरिनु नीतिगत भ्रष्ट्राचार भएको उनीहरुको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महालक्ष्मीको बार आज कसलाई कति लाभ ? हेरौँ राशिफल
-
जीविकोपार्जनका लागि सिंगो गाउँ रित्याएर भारत छिर्यो वादी र कुमाल समुदाय
-
अमेरिकी डलरसहित विदेशी मुद्राको मूल्य, कसको कति ?
-
युरोपा लिगको अन्तिम १६ मा पुग्ने सबै आठ टोलीको टुंगो, रियाल सोसिडाडको शानदार प्रदर्शन
-
ज्येष्ठ नागरिक र अशक्तका लागि निःशुल्क घरदैलो स्वास्थ्य सेवा
-
रातोपाटी ब्रिफिङ : पाथीभरा क्षेत्र फेरि अशान्तदेखि सशस्त्रका तीन एसएसपी डीआइजी बढुवाका लागि सिफारिससम्म