एनपी साउद परराष्ट्रमन्त्री बन्दै, आज दिउँसो ३ बजे शपथ
आइतबार, ०३ वैशाख २०८०, ०६ : ५४
काठमाडौँ । नेपाली कांग्रेसबाट नारायण प्रकाश (एनपी) साउद परराष्ट्रमन्त्री बन्ने भएका छन् । उनले आज ३ बजे शपथ लिने पार्टी सभापति शेरबहादुर देउवाको सचिवालयले जनाएको छ । सभापति देउवा समूहबाट साउद परराष्ट्रमन्त्री बन्ने भएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणलाई ध्यानमा राख्दै साउदलाई परराष्ट्रमन्त्री नियुक्त गर्ने तयारी भएको सभापति देउवाको सचिवालयले जनाएको हो । परराष्ट्रमन्त्रीमा साउदलाई नियुक्त गर्नका लागि कांग्रेसले प्रधानमन्त्रीलाई पत्र पठाइसकेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व अर्थतन्त्रमा अब ‘चमत्कारिक वृद्धि’ को युग सकियो
-
सेन्साइ ब्राण्डको खरिदमा बाइक जित्ने अवसर
-
नयाँ वर्षमा ‘गोदरेजसँग नयाँ सुरुवात’ अफर
-
पूर्वडीआईजी छविलाल जोशीको स्वास्थ्यमा के समस्या देखिएको हो ?
-
चिनियाँ बस्तुमाथि ट्रम्पले लगाए १०४ प्रतिशत आयातकर, एकै पल्ट ६० देशलाई तनाव
-
चैते दसैँमा कालिका भगवती मन्दिरमा रु ४२ लाख भेटी सङ्कलन