एकल विन्दु सेवा केन्द्रमा सात निकाय आझै अनुपस्थित
आइतबार, ०३ वैशाख २०८०, ०६ : ०३
सरकारले २०७६ जेठ १ गते स्थापना गरेको ुएकल विन्दु सेवा केन्द्रु मा अझै पनि निकायगत प्रतिनिधित्व कमजोर रहेको पाइएको छ । उद्योग दर्तादेखि खारेजी र सरकारले उपलब्ध गराउने सुविधा तथा प्रोत्साहन एकै थलोबाट उपलब्ध गराउन केन्द्रमा १२ ओटा निकायका एकाइ तथा प्रतिनिधित्व रहने उल्लेख गरिए पनि हालसम्म जम्मा पाँचओटा निकायको प्रतिनिधित्व देखिन्छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति, अर्थ, भूमि व्यवस्था मन्त्रालय, नेपाल राष्ट्र बैंकदेखि विभिन्न विभागका एकाइहरू केन्द्रमा स्थापना हुनुपर्छ । तर, केन्द्र स्थापनाको ४ वर्ष हुन लाग्दासमेत निकायगत एकाइहरू प्रभावकारी रूपमा सञ्चालनमा आउन सकेका छैनन् ।
केन्द्रका कार्यकारी निर्देशकसमेत अधिकार सम्पन्न छैनन् । केन्द्रको कार्यकारी निर्देशकमा उद्योग विभागकै महानिर्देशक रहने व्यवस्था छ ।यो समाचार आर्थिक अभियान दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरेक महिना गराउनुहोस् यी दुई जाँच, बच्न सक्नु हुनेछ गम्भीर रोगबाट
-
विदेश भ्रमण ५ दिनमा सीमित गर्न कर्मचारीलाई स्वास्थ्यमन्त्रीको निर्देशन
-
सट्टेबाजी खेलाउने गिरोहसँग मिलेर वालेटका कर्मचारीले गर्थे केवाईसी भेरिफाई
-
सुनको मूल्य तोलामा झण्डै १६ हजार रुपैयाँ घट्यो
-
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक
-
सीटीईभीटी तालाबन्दी निषेध क्षेत्र घोषणा