चेल्सीको खराब फर्म कायमै, स्पर्स र न्युक्यासल पनि पराजित
लण्डन । चेल्सीले आफ्नो खराब फर्म जारी राख्दै ब्राइटनसँग आफ्नै घरेलु मैदानमा पराजित भएको छ । एक गोलको अग्रता जोगाउन नसक्दा चेल्सी १–२ गोल अन्तरले विजयी भएको हो ।
खेलको १३ औँ मिनेटमा कोनर ग्यालागरले चेल्सीलाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफ सकिन लाग्दा ड्यानी वेलब्याकले ब्राइटनका लागि बराबरी गोल फर्काए । दोस्रो हाफमा १९ वर्षीय हुलियो एनसिकोले उत्कृष्ट गोल गर्दै टोलीलाई जीत दिलाए ।
युरोपियन प्रतियोगितामा छनोटका लागि प्रयासरत ब्राइटन लिगको सातौँ स्थानमा छ भने चेल्सी ११ औँ स्थानमा सीमित रहेको छ । शनिबार नै भएका अन्य खेलमा तेस्रो स्थानमा रहेको न्युक्यासल एस्टन भिल्लासँग ०–३ गोलले स्तब्ध बन्यो । त्यस्तै, टोटनहम हटस्पर्स पनि बोर्नेमाउथसँग २–३ गोलले पराजित भयो ।
उता रेलिगेसनको खतरामा रहेको एभर्टन फुलहमसँग ३–१ गोलले हार्दा क्रिस्टल प्यालेसले साउथह्याम्पटनलाई २–० गोलले पराजित गर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३८.८१ अंकले बढ्यो नेप्से, ९ अर्ब ३१ करोडको कारोबार
-
कीर्तिपुरमा सहयोग गर्ने विषयमा रास्वपाभित्र तीनथरी मत
-
एमालेलाई १ लाख जरिवाना प्रकरण : कार्यक्रमको भोलिपल्ट पार्टीको झण्डा र रक्सीका बोतलसहित दुई ट्रक फोहोर संकलन
-
रास्वपाका नेताविरुद्धको अवहेलना मुद्दा : सर्वोच्चले मगायो भाषणको पूर्णपाठ
-
सौर्य एयरलाइन्स दुर्घटना : पीडितले दिए संसदीय समितिमा उजुरी
-
चितवनमा मंगोलियन हर्टले कन्सर्ट गर्ने