एनएमबि बैंकको दसौँ हेरिटेज वाक सम्पन्न

काठमाडौँ । एनएमबि बैंकले शनिबार हेरिटेज वाकको आयोजना गरेको छ । बबरमहलस्थित एनएमबि भवनबाट सुरु भएको हेरिटेज वाक पाटन दरबार स्क्वायरसम्म पुगेर समापन भएको हो । हेरिटेज सोसाइटीको सहकार्यमा आयोजित कार्यक्रममा बैंकका कर्मचारी, नेपाल हेरिटेज सोसाईटीका सदस्यहरू, ललितपुर उद्योग वाणिज्य संघका सदस्यहरू, नेपाल हस्तकला महासंघका सदस्यहरू, रोटेरी क्लब अफ पाटन हेरिटेजका सदस्यहरू तथा सर्वसाधारण गरी लगभग ६०० जनाको सहभागिता रहेको थियो । सो कार्यक्रमको प्रमुख अतिथिका रूपमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन उपस्थित थिए ।
उक्त कार्यक्रममा एनएमबि बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सम्पदा संरक्षणको लागि नेपाल हेरिटेज सोसाइटीलाई ४ लाख ९० हजार रुपैयाँ सहयोग गर्नुका साथै पाटन सङ्ग्रहालयलाई डस्टविनहरु समेत हस्तान्तरण गरेको छ। सोही प्रकारको कार्यक्रम प्रदेश १, २, ४, ५, ६ र ७ मा समेत गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रियाशील सदस्यता नवीकरण गर्न कांग्रेसले दियो वैशाख मसान्तसम्मको समय
-
शाखा अधिकृत भट्टराईविरुद्धको भ्रष्टाचार मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन
-
राजनीतिक दलहरू खत्तम भन्ने भाष्य निर्दलीयहरूको धन्दा हो: उपमहासचिव बस्नेत
-
पन्ध्र वर्षपछि काभ्रे–कोशीपूर्वको सडक पक्की बनाइयो
-
३६ लाख ठगी आरोपमा ठमेलको दोहोरी साँझबाट पुर्व हवल्दार पक्राउ
-
राष्ट्रपति पौडेलले शुक्रवार संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्ने