दिल्लीको लगातार पाँचौँ हार, बैंग्लोर २३ रनले विजयी
बैंग्लुरु । आईपीएलको २० औँ खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले दिल्ली क्यापिटल्सलाई २३ रनले पराजित गर्दै यो सिजनमा दोस्रो जित हात पारेको छ । पहिले ब्याटिङ गरेको रोयल च्यालेन्जर्स बैंग्लोरले विराट कोहलीको अर्धशतकको मद्दतले ६ विकेट गुमाएर १७४ रन बनाएको थियो । कप्तान फाफ डुप्लेसीले २२, महिपाल लोमररले २६, ग्लेन म्याक्सवेलले २४ र शाहबाज अहमदले २० रनको योगदान दिए ।
जवाफमा दिल्ली क्यापिटल्सको टोलीले निकै खराब सुरुवात गरेको थियो । ५३ रन नपुगेसम्म उनको आधा टोली पभिलियन फर्किएको थियो । कप्तान वार्नरले १९ रन बनाए भने पृथ्वी श र मिचेल मार्सले खाता खोल्न सकेनन् । यश धुलले मात्र १ रन बनाए ।
यसपछि मनिष पाण्डेले एक छेउबाट जमेर अर्धशतकीय पारी खेले तर अर्को छेउबाट विकेट बारम्बार गिरिरहेको थियो । दिल्लीको टोलीले अन्ततः २० ओभरमा ९ विकेट गुमाएर १५१ रन बनाउन सक्यो ।
आईपीएलको यो सिजनमा दिल्ली क्यापिटल्सको यो लगातार पाँचौँ हार हो । अङ्क तालिकामा दिल्ली १० औँ अर्थात् अन्तिम स्थानमा छन् । अर्कोतर्फ बैंग्लोरको टोलीले यो जितपछि अङ्क तालिकामा एक स्थान सुधार गर्दै सातौँ स्थानमा पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल वायुसेवा निगमले माथिल्लो भाडादरमा अन्तर्राष्ट्रिय टिकट नबेच्ने
-
राष्ट्रिय गौरवका आयोजनाहरूमा देखिएका समस्याको समाधान तत्काल गर्न प्रधानमन्त्रीको निर्देशन
-
पूर्वमन्त्रीको संलग्नतामा मानव तस्करी प्रकरण : प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन
-
काठमाडौँ महानगरले १६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियान सञ्चालन नगर्ने
-
मधेसमा जनमत नेतृत्वको सरकारलाई ‘रिप्लेस’ गर्न चाहन्छ कांग्रेस
-
कीर्तिपुरमा पुरुषको शव फेला, घटनास्थलमा किटनाशक औषधीको बट्टा पनि भेटियो