ओमानसँगको अभ्यास खेलमा नेपाल ५ विकेटले विजयी
![ओमानसँगको अभ्यास खेलमा नेपाल ५ विकेटले विजयी](https://npcdn.ratopati.com/media/news/336539297_1269798047307190_3260884120564959890_n_yr3Fhzt6xx.jpg)
काठमाडौँ । एसीसी प्रिमियर कपअघि आयोजना भएको अभ्यास खेलमा नेपालले ओमानलाई ५ विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा नेपालले ओमानलाई ५ विकेटले पराजित गर्दै प्रतियोगिता अघि मनोबल बटुलेको हो । मंगलबारबाट मूलपानी र कीर्तिपुर मैदानमा १० टोलीले एसीसी प्रिमियर कप खेल्दैछन् । सोही प्रतियोगिताका लागि नेपालले अभ्यास खेल खेलेको हो । ओमानले निर्धारित ५० ओभरमा खेल्दै नेपाल सामु प्रस्तुत गरेका २ सय ४७ रनको लक्ष्य नेपालले ४४.४ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो ।
ओमानले दिएको लक्ष्य भेटाउँदै जित निकाल्न अर्जुन साउद, रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी निकै महत्त्वपूर्ण रह्यो । ओपनर साउदले ६७ तथा कप्तान रोहितकुमार पौडेलले ५८ रन बनाउने क्रममा रिटायर हर्ट भएका थिए । दीपेन्द्रसिंह ऐरी ५९ रनमा आउट भएका थिए । कप्तान रोहितले ५८ रनमा रिटायर्ट हर्ट हुँदै कुशल मल्ललाई मौका दिए पनि ८ रन भन्दा जोड्न सकेनन् । नेपालका लागि ओपनरका रूपमा मैदान प्रवेश गरेका देव खनाल १० रनमा आउट भएका थिए । नेपालको पाँच विकेट निकाल्ने क्रममा ओमानका लागि कप्तान जिशान मकसुदले २ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको ओमानले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४६ रन बनाएको थियो । ओमानका लागि शोएब खानले १ सय १० रनको अविजित शतकीय इनिङ खेले । ओपनर जतिन्दरसिंह ४२ रन जोड्ने क्रममा पवेलियन फकिँदा अर्का ओपनर कश्याप प्रजापति१६ रनमा आउट भए । मोहम्मद नदिमले २४ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकको स्कोर गर्न सकेनन् । नेपालका लागि किशोर महतोले ३ तथा प्रतिश जी.सी र सूर्य तामाङले समान २÷२ विकेट लिए ।
सोमवारबाट आयोजना हुने प्रतियोगिता एसीसी प्रिमियर कपमा नेपाल र ओमान एकै समूहमा छन् । नेपालले मलेसियासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपाल सम्मिलित समूह ए मा ओमान, कतार, मलेसिया र साउदी अरेबिया छन् । यस्तै समूह बी मा संयुक्त अरब इमिरेट्स (युएई), हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । १० टोली सहभागी प्रतियोगिताको उपाधि जित्ने टोलीले एसिया कपमा भारत र पाकिस्तान खेल्ने मौका पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाजी सोल्यूट गर्नेलाई अष्ट्रेलियामा अनिवार्य जेल सजाय
-
‘ओई माया ओई’मा श्रीदेव र अनामिकाको प्रेमकथा
-
यूएसएड बन्द हुँदा विश्वभर कहाँकहाँ पर्छ प्रभाव ?
-
उपत्यकामा १ जना प्रहरीको काँधमा २८५ नागरिकको सुरक्षा जिम्मेवारी
-
अध्यादेश पेस नभई सकियो राष्ट्रियसभा बैठक, आइतबार फेरि बस्ने
-
सत्येन्द्र र नेहामाथिको अत्याचारका विरुद्ध प्रदर्शन, तस्बिरहरु