नेपालबाट ६ करोड ३२ लाखको अचार निर्यात
काठमाडौँ । चालू आर्थिक वर्ष २०७९/८० को ८ महिनाको अवधिमा नेपालबाट ६ करोड ३२ लाख रुपैयाँको अचार निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि फागुन महिनासम्मको अवधिमा उक्त मूल्यको अचार निर्यात भएको हो । तथ्यांकअनुसार यस अवधिमा नेपालबाट १ लाख ७ हजार किलो अचार निर्यात भएको छ । नेपालबाट विश्वका ९ वटा देशमा अचार निर्यात हुने गरेको छ । अष्ट्रेलिया, बेल्जियम, क्यानडा, हङकङ, इटाली, जापान, कोरिया, बेलायत र अमेरिकामा अचार निर्यात हुने गरेको हो ।
नेपालबाट इटाली र अमेरिकामा सबैभन्दा धेरै अचार निर्यात हुने गरेको छ । अमेरिकामा १ करोड ९८ लाख २१ हजार रुपैयाँको अचार निर्यात हुँदा इटालीमा १ करोड २ लाख ९० हजारको अचार निर्यात भएको छ । यस्तै, अष्ट्रेलियामा ७७ लाख रुपैयाँको अचार निर्यात हुँदा क्यानडामा ३२ लाखको अचार निर्यात भएको छ । यता जापान र कोरियामा समान ८६–८६ लाख रुपैयाँको अचार निर्यात भएको विभागको तथ्यांकमा देखिएको छ । हङकङ र बेल्जियममा भने क्रमशः ४ लाख र ९ लाख रुपैयाँको अचार निकासी भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टाइगर कप भलिबल : फाइनल खेल आइतबार हुने
-
पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’
-
एम्बुलेन्स चालकको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउँछु : अध्यक्ष दाहाल
-
‘नेपालले अब ग्लोबल साउथको डिप्लोमेशीलाई प्राथमिकता दिनुपर्छ’
-
डोल्पामा हेलिकप्टरबाट सुत्केरीको उद्धार
-
घर लिपपोत गर्न माटो लिन जाँदा ढिस्कोमा पुरिएर मृत्यु