बागमती सफाइका क्रममा पेस्तोल भेटियो
शनिबार, ०२ वैशाख २०८०, १३ : १६

काठमाडौँ । शनिवार बागमती नदीमा पेस्तोल भेटिएको छ । बागमती सफाइका क्रममा नदीमा अमेरिकी कम्पनीको पेस्तोल फेला परेको हो । बागमती सभ्यता एकीकृत विकास समितिले शनिवार गौशालादेखि सुरु गरेको बागमती सफाइको क्रममा तिलगंगाको शारदा स्कुल नजिक सो पेस्तोल फेला परेको सफाइमा संलग्न चुरे संरक्षण तथा पर्यटन प्रवर्द्धन फाउन्डेसन मधेस प्रदेशका अध्यक्ष विष्णु साहले बताए ।
पेस्तोल एउटा झोलामा पोको पारेर नदी फ्यालिएको थियो । सफाइ गर्ने क्रममा झोलासहितको सो पेस्तोल फेला परेको उनले बताए । पेस्तोल फेला परेपछि तत्कालै प्रहरीलाई खबर गरिएको थियो । गौशाला प्रहरीले मुचुल्का तयार पारी भेटिएको पेस्तोल लगेको छ । त्यसबारेमा थप छानबिन हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्नपूर्ण आरोहण सुरु, एकै दिन ३२ आरोही चुचुरोमा
-
सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूको धर्ना जारी, तस्बिरहरू
-
आम्दानी नभएपछि चितवनका उद्योग बन्द
-
इङ्लिस प्रिमियर लिग फुटबल : ‘डेब्यू’ खेलमा किन फरक जर्सी लगाएर मैदानमा ओर्लिए लेस्टर सिटीका १५ वर्षीय जेरेमी ?
-
आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि सरकारले माग्यो सुझाव
-
प्रहरी प्रमुख त युवासंघको सहअध्यक्ष पो रहेछ : अध्यक्ष लिङ्देन