पत्नीले सम्बन्धविच्छेद गर्दै आधा सम्पत्ति मागिन्, तर हाकिमीको अधिकांश सम्पत्ति आमाको नाममा
पेरिस । पेरिस सेन्ट जर्मेनका डिफेन्डर अचरफ हाकिमीमाथि एक युवतीले बलात्कारको आरोप लगाएपछि पत्नी हिबा अबुकले सम्बन्धविच्छेदको याचिका दायर गरेकी छिन् । नायिका आफ्नो बच्चाहरूसँग बाहिर भएको बेला हाकिमीले यौन दुर्व्यवहार गरेको ती युवतीले आरोप लगाएकी थिइन् ।
फ्रेन्च पत्रिका फर्स्ट म्यागका अनुसार हिबाले सम्बन्धविच्छेदको याचिकामा हाकिमीको आधार सम्पत्ति माग गरेकी थिइन् । तर, हाकिमीको नाममा केही पनि सम्पत्ति नभएको पाएपछि उनी आश्चर्यचकित बनिन् । यस प्रकरणमा हाकिमीको सम्पत्ति र तलब उनको आमाको नाममा रहेको खुलेको हो ।
हाकिमीको २.४ करोडको डलर बराबरको कूल सम्पत्ति रहेको छ । तर, यसको ८० प्रतिशत उनको आमाको नाममा रहेको स्पेनिस पत्रिका मार्काले जनाएको छ । सम्बन्धविच्छेद हुँदा हाकिमीले अबुकलाई कम्तिमा ८५ लाख डलर दिनुपर्ने थियो । तर, उनको नाममा सम्पत्ति नै नभएका कारण उनले त्यति धेरै रकम नतिर्नुपर्ने देखिएको हो ।
हाकिमीले पीएसजीमा हाल मासिक १० लाख डलर कमाउँछन् । तर, उनले यसको २० प्रतिशत मात्र आफ्नो नाममा राख्छन् । हप्ताको २ लाख १५ हजार डलरको तलबको अधिकांश हिस्सा सिधै उनको आमाको खातामा जान्छ । उनी अफ्रिकाबाट सबैभन्दा धेरै कमाउने खेलाडीको सूचीमा छैटौँ स्थानमा रहेका छन् ।
यता, हाकिमीकी पत्नी अबुकको आर्थिक स्थिति पनि त्यति खराब भने छैन । उनको पनि २० लाख डलर बराबरको सम्पत्ति रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेलाई १ लाख जरिवाना प्रकरण : कार्यक्रमको भोलिपल्ट पार्टीको झण्डा र रक्सीका बोतलसहित दुई ट्रक फोहोर संकलन
-
रास्वपाका नेताविरुद्धको अवहेलना मुद्दा : सर्वोच्चले मगायो भाषणको पूर्णपाठ
-
सौर्य एयरलाइन्स दुर्घटना : पीडितले दिए संसदीय समितिमा उजुरी
-
चितवनमा मंगोलियन हर्टले कन्सर्ट गर्ने
-
ई–प्लानेट नेशनल हाइस्कुल क्रिकेट च्याम्पियनसिप हुने
-
कस्तुप र शान्तिश्रीले ल्याए लोकदोहोरी ‘बिर्से हुन्छ मलाई’