मार्टिनेजले सिजनका बाँकी खेल गुमाउने

म्यानचेस्टर । खुट्टाको मेटाटार्सल हड्डी भाँचिएपछि म्यानचेस्टर युनाइटेडका सेन्टर ब्याक लिसान्ड्रो मार्टिनेजले सिजनका बाँकी खेल गुमाउने भएका छन् ।
बिहीबार युनाइटेडले युरोपा लिगको क्वार्टरफाइनलमा सेभिल्लासँग २-२ ले बराबरी खेल्दा २५ वर्षीय खेलाडी घाइते भएका थिए । युनाइटेडले २–१ को अग्रता लिइरहँदा ८६ औं मिनेटमा मार्टिनेज घाइते भएर मैदान छाड्न बाध्य भएपछि एरिक टेन ह्यागको टोली १० खेलाडीमा सिमित बनेको थियो ।
मार्टिनेजका सेन्टर ब्याक पार्टनर राफायल भरान पनि घाइते भएका छन् । उनी पनि केही हप्ता बाहिर हुने अपेक्षा गरिएको छ। ‘म्यानचेस्टर युनाइटेडका सबैजनाले लिसान्ड्रो र राफालाई छिटो स्वास्थ्यलाभको लागि शुभकामना पठाएका छन्,’ क्लबले भनेको छ।
मार्टिनेज गत जुलाईमा आयाक्सबाट ५७ मिलियन पाउण्डको सम्झौतामा युनाइटेडमा आबद्ध भएका थिए । उनले यस सिजन युनाइटेडका प्रिमियर लिगका २७ खेल खेलेका छन्। अगस्त २०२१ मा रियल म्याड्रिडबाट क्लबमा आबद्ध भएका फ्रान्सेली डिफेन्डर भरानले यो सिजन २१ वटा लिगका खेल खेलेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सात महिनामा कहाँबाट कति भित्रियो खाद्यान्न ?
-
अमेरिकी विमानस्थलमा यसरी टर्यो अर्को दुर्घटना
-
यी चर्चित क्रिकेटरको खानपिन र व्यायामशैली
-
‘जुगजुग जियो’ अभिनेत्री प्रजक्ताले गरिन् नेपाली युवकसँग विवाह
-
लगातार दुई पटक उपाधि चुम्ने एकमात्र राष्ट्र
-
नेपालमै पढ्न चाहने केआईआईटीमा अध्ययनरत विद्यार्थीलाई आवेदन दिन आह्वान