पाकिस्तानद्वारा न्युजिल्याण्ड ८८ रनले पराजित
शनिबार, ०२ वैशाख २०८०, ०६ : ५४

लाहौर । पहिलो टी–२० खेलमा पाकिस्तानले न्युजिल्याण्डमाथि ८८ रनको शानदार जीत हासिल गर्न सफल भएको छ । पाकिस्तानले प्रस्तुत गरेको १८३ रनको लक्ष्य पछ्याउने क्रममा न्युजिल्याण्ड मात्र ९४ रनमा सीमित बनेको हो ।
न्युजिल्याण्डका लागि मार्क च्यापम्यानले सर्वाधिक ३४ रन बनाए भने कप्तान टम ल्याथमले २० रनको योगदान दिए । न्युजिल्याण्डलाई सस्तोमा समेट्न पाकिस्तानका ह्यारिस राउफले ४ तथा इमाद वसिमले २ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १९.५ ओभरमा अलआउट हुँदै १८२ रन बनाएको थियो । फकर जमान र सइम अयुबले समान ४७–४७ रनको योगदान दिए । न्युजिल्याण्डका लागि म्याट हेनरीले ३ तथा एडम मिल्ने र बेन लिस्टरले २–२ विकेट लिए ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२५ करोड प्रकरण : ट्रक चालक लामा पुर्पक्षका लागि कारागार चलान
-
कार्य सम्पादनलाई पारदर्शी बनाउन मन्त्री दाहालको निर्देशन
-
भीमा गुरुङ मृत्यु प्रकरण: एक वर्षपछि फैसला, १५ लाख क्षतिपूर्ति दिनुपर्ने
-
करिब २ सय ४४ किलोग्राम गाँजासहित बोलेरो चालक पक्राउ
-
फुटबल लिजेन्ड रोबर्टो कार्लोस एनएसएल क्वालिफायर खेलको विशेष अतिथि
-
निरन्तरको कमजोर प्रदर्शनपछि प्ले–अफमा पुग्न सङ्घर्षरत मुम्बई र हैदराबाद आपसमा भिड्दै