जापानले विदेशी प्रतिभालाई आकर्षित गर्न नयाँ भिसा प्रणाली सुरु गर्ने

टोकियो । जापानको अध्यागमन सेवा कार्यालयले आगामी अप्रिल २१ देखि विदेशी कामदारलाई उच्च दक्ष व्यावसायिक भिसा प्रदान गर्न नयाँ र सरलीकृत प्रणाली सुरु गर्ने जनाएको छ । देशमा अधिक विदेशी प्रतिभाहरू आकर्षित गर्ने उद्देश्यले निश्चित शर्तहरू पूरा गरेका विदेशी आवेदकहरूलाई नयाँ प्रणालीले प्राथमिकता दिनेछ ।
नयाँ प्रणाली अनुसार निश्चित शर्त जस्तै स्नातकोत्त / डिग्री भएमा कम्तिमा २० मिलियन येन (१५०,००० अमेरिकी डलर) को वार्षिक आय सुनिश्चित गरिने बताएको छ । संसारभर राष्ट्रहरूले कुशल कामदारहरूलाई आकर्षित गर्न प्रतिस्पर्धा गरिरहेका समय स्थानीय विश्लेषकहरूले जापानको वर्तमान अङ्क–आधारित प्रणालीको आलोचना गरिरहेका छन् ।
वर्तमान प्रणाली अन्तर्गत, शैक्षिक र रोजगार पृष्ठभूमि अनुसार वार्षिक आय जस्ता श्रेणीअनुसार अङ्कको निर्धारण गरिन्छ । एक निश्चित स्तरभन्दा बढी अङ्क भएका आवेदकहरूलाई पाँच वर्षको उच्च कुशल व्यावसायिक भिसा प्रदान गरिने र तीन वर्षपछि अनिश्चित अवधिको बसाइको भिसा दिने प्रावधान गर्न सकिने प्रावधान छ ।
नयाँ प्रणालीले स्नातकोत्तर डिग्री वा सो भन्दामाथि भएकाहरुलाई कम्तिमा २० मिलियन येन (१५०,००० अमेरिकी डलर) को वार्षिक आयको साथ १० वर्ष वा सो भन्दा बढीको रोजगार रेकर्ड भएका उत्कृष्ट शैक्षिक अनुसन्धान, विशिष्टीकृत वा प्राविधिक गतिविधिहरू सञ्चालन गरिरहेका आवेदकहरूलाई पाँच वर्षको भिसा दिइनेछ ।
सरलीकृत आवश्यकताहरू पूरा गर्ने र पाँच वर्षको भिसा प्रदान गरिएका आवेदकहरू जापानमा एक वर्ष बसेपछि स्थायी भिसाको लागि योग्य हुनेछन् ।
प्रधानमन्त्री फुमियो किशिदाले सम्बन्धित मन्त्रालयहरूलाई जापानमा उच्च दक्ष जनशक्ति आकर्षित गर्न सुधारमा विचार गर्न निर्देशन दिएपछि नयाँ उपाय लागू गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिपरको ठक्करले मनाङमस्र्याङ्दी जलविद्युत् आयोजनामा चिनियाँ कामदारको मृत्यु
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वानदेखि सडक विभागका पूर्वमहानिर्देशकले ओगटेको जग्गा जफतसम्म
-
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान
-
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
-
घाइते हात्ती बस्ती नजिक आउन थाले
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा