रौतहटमा माटोको ढिस्कोमा पुरिएर १ बालिकाको मृत्यु, ३ जना घाइते
शुक्रबार, ०१ वैशाख २०८०, २२ : ०९

रौतहट । रौतहटमा माटोको ढिस्कोमा पुरिएर १ बालिकाको मृत्यु भएको छ । सो घटनामा परेर ३ जना घाइते भएका छन् । रौतहटको गढीमाई नगरपालिकामा माटोको ढिस्कोमा पुरिएर सोही नगरपालिका ३ की ९ वर्षीय बालिका अफरिदा नेसाको मृत्यु भएको हो । शुक्रवार साँझ माटो खन्दा माथिबाट खसेको ढिस्कोले पुरिएर उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
सो घटनामा नेसासँगै माटो लिन गएका सोही ठाउँका ४२ वर्षीय नासीबुन खातुन, ११ वर्षीय रहना खातुन र ११ वर्षीय इसरफ खातुन ढिस्कोले पुरिएर घाइते भएका इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी छेदीलाल कामातिले बताए । घाइते तीनैजनाको स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि एम्बुलेन्सबाट वीरगञ्ज पठाइएको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्रिनल्यान्डको संसदीय चुनावमा अति राष्ट्रवादी पार्टीलाई सबैभन्दा बढी मत प्राप्त
-
कर्णाली मन्त्रिपरिषद् बैठक : के–के भए निर्णय ?
-
पक्लिहवा कृषि क्याम्पसमा निर्वाचन अधिकृतको राजीनामा माग्दै तालाबन्दी
-
लोकतन्त्रमा पूर्वराजाले पनि आफ्नो पक्षमा जनमत निर्माण गर्न पाउँछन् : अध्यक्ष राई
-
न्यून भिजिविलिटीका कारण विमान आकाशमै ‘होल्ड’
-
महेन्द्र मोरङ क्याम्पसमा नेविसंघको गुण्डागर्दी : निर्वाचन प्रमुखलाई कोठामा थुनेर आगो लगाइयो, प्रहरीद्वारा उद्धार