माओवादीलाई क्रान्तिकारी पार्टीमा रुपान्तरण गर्न सम्भव छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ । नेकपा माओवादी केन्दका वरिष्ठ उपाध्यक्ष एवम् उप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले माओवादीलाई क्रान्तिकारी रुपान्तरण गर्न सम्भव भएको टिप्पणी गरेका छन् । पार्टीको प्रवास समन्वय समितिको भर्चुअल बैठकलाई सम्बोधन गर्दै श्रेष्ठले माओवादी पार्टी मात्रै रुपमान्तरण भएर क्रान्तिकारी पार्टी निर्माण गर्न सकिने बताए ।
‘यो परिवर्तन ल्याउन प्रचण्ड कमरेडले भूमिका खेल्नुभयो । उहाँबाटै देशको रुपमान्तरण गर्न सम्भव छ’ श्रेष्ठले भने, ‘हामी नै संसद विघटन हुँदा प्रतिगमनका विरुद्ध लड्यौं र परास्त गर्यौ । हामी परिवर्तनलाई आत्मसात गरेर अघि बढेर समाजवादीमा पुग्न सक्छौं ।’ उपप्रधानमन्त्री श्रेष्ठले माओवादीलाई मात्रै रुपान्तरण गरेर क्रान्तिकारी पार्टी बनाउन सम्भव भएको उल्लेख गरेको एक नेताले बताए ।
अरु पार्टीहरु धेरै बिग्रिसकेकाले माओवादीलाई मात्रै रुपमान्तरण गरेर क्रान्तिकारी पार्टी बनाउन सकिने श्रेष्ठले बताए । माओवादी पार्टीले गल्ती गरेपनि आत्मआलोचना गरेर जनता सच्चिने प्रतिवद्धता समेत गर्ने गरेको उनको भनाई थियो । विदेशमा रहेका नेपालीलाई पार्टीमा जुट्न पनि श्रेष्ठले आग्रह गरे ।
यस्तै प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माले विदेशमा रहेका नेपालीको सुख दुःखमा रहेर काम गरिरहेको बताए । विदेशमा रहेका नेपालीको समस्या समाधान गर्न आफूले सक्दो सहयोग गर्ने समेत शर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रेडरिक मर्ज जर्मनीको चान्सलर बन्ने प्रबल संभावना
-
बुण्डेस लिगामा बायर्नको शानदार जित
-
ला लिगा : लयमा फर्कियो रियाल मड्रिड, बार्सिलोना गोल अन्तरले अगाडि
-
प्रिमियर लिगमा लिभरपुलको सहज जित, घरेलु मैदानमै हार्यो म्यान्सिटी
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
आर्थिक विकासका लागि ‘डिजिटल गभर्नेन्स’ अति आवश्यक