हाम्रा अघि ठुला चुनौती छन् : जनार्दन शर्मा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका संगठन विभाग प्रमुख जनार्दन शर्माले देशका समस्या समाधान गर्न र पार्टी निर्माण गर्न चुनौती देखिएको बताएका छन् ।
पार्टीको प्रवास समन्वय समितिको भर्चुअल बैठकलाई सम्बोधन गर्दै शर्माले देशमा र पार्टी निर्माणको चुनौतीलाई पार लगाउनु पर्ने बताए ।
‘हाम्रा अघि गम्भीर चुनौतीहरू छन् । आज परिवर्तनको रक्षा गरेर अघि बढाउनुपर्ने छ । संघीय लोकतान्त्रिक गणतन्त्रलाई कार्यान्वयन गरेर अगाडि बढाउनुपर्ने छ,’ शर्माले भने, ‘देशमा समृद्धि र सुशासन कायम गर्ने चुनौती छन् । पार्टीको नेतृत्वमा प्रचण्ड कमरेड सरकारमा जानु भएको छ । जनताका अपेक्षाहरूलाई पुरा गर्ने चुनौतीहरू छन् । त्यो पुरा हुने विश्वास लिएको छु ।’
सरकार निर्माण भएका एक सय दिनमा धेरै काम भएपनि त्यसमा निरन्तरता र गुणात्मकताको आवश्यकता भएको शर्माले बताए ।
माओवादी पार्टी निर्माण गर्न धेरै खालका चुनौती देखिएपनि निर्माण गरेरै छाडिने शर्माले बताए । ‘पार्टी निर्माणका चुनौती छन् । पार्टी केन्द्र र नेतातिर फर्किएको छ । अब पार्टीलाई कार्यकर्ता र जनतातिर फर्किएको पार्टी बनाउनुपर्ने छ,’ उनले भने, ‘पार्टी संगठन व्यवस्थित गर्दै उत्पादनमा जोड्नुपर्ने छ । त्यसपछि मात्रै पार्टी बनाउन सकिन्छ ।’
नेपाली माटोको विशेषता सहितको समाजवाद निर्माण गर्न सबै लाग्नु पर्ने शर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नौ वर्षपछि दोदा नदीमा पुल बन्दै
-
प्रिमियर लिगमा ब्रेन्टफोर्ड र एस्टन भिल्लाको शानदार जित
-
राजस्थानमाथि लखनऊको रोमान्चक जित, अंक तालिकामा पनि सुधार
-
व्यक्तिगत लगानीमा बनाइएको शिद्वेश्वर धाम वनलाई हस्तान्तरण
-
१२ बजे, १२ समाचार : आइतबार फेरि राप्रपाको प्रदर्शनदेखि नेपाल बारको नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरणसम्म
-
बार एसोसिएसनको नवनिर्वाचित कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण