एमाले र जनमत पार्टीमाथि खनिए उपेन्द्र यादव : ‘दुवै लोकतन्त्रका लागि घातक’
बारा । जनता समाजवादी पार्टीका अध्यक्ष एवम् बारा क्षेत्र नम्बर २ का उम्मेदवार उपेन्द्र यादवले दुई–दुई पटक संसद् विघटन गर्ने एमाले र विखण्डनको नारा लगाउने जनमत पार्टी देश र लोकतन्त्रका लागि घातक रहेको टिप्पणी गरेका छन् ।
बाराको पचरौता नगरपालिकामा आयोजित गठबन्धनको संयुक्त सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले यस्तो टिप्पणी गरेका हुन् ।
‘आफ्नो निहित स्वार्थका लागि राष्ट्रपति पदको दुरुपयोग गरी एमालेले दुई पटक संसद् विघटन गर्यो, अहिले पनि जनमत पार्टीको आन्तरिक एजेन्डा मधेस विखण्डन नै रहेको छ’ अध्यक्ष यादवले भने ‘यी दुवै दल लोकतन्त्र र सिंगो मुलुकको अत्यन्तै घातक छन् ।’
दुवै दललाई परास्त नगरेसम्म लोकतन्त्र र देश सुरक्षित हुन नसक्ने दाबी गर्दै उनले कुनै पनि विधेयक संसदबाट पारित भइसकेको अवस्थामा त्यसलाई रोक्ने अधिकार कसैको नरहेको र नागरिकता विधेयक रोकेर पूर्वराष्ट्रपतिले लाखौ युवालाई अवसरबाट वञ्चित गराएको तर्क गरे ।
बारा जिल्ला इतिहास निर्माण गर्ने किल्ला रहेको टिप्पणी गर्दै काठमाडौँलाई बसोबासयोग्य बनाउने बाराबासी नै रहेको चर्चा गर्दै अध्यक्ष यादवले बाराकै धर्तीपुत्र हरिसिंह देवले काठमाडौँको सभ्यता र संस्कृति स्थापित गराएको बताए ।
मधेस जनविद्रोहमा बाराबासीको ठूलो योगदान रहेको चर्चा गर्दै त्यही योगदानको प्रतिफल स्वरुप आज मधेस प्रदेशको मुख्यमन्त्री तथा मुलुककै दोस्रो शीर्ष स्थान उपराष्ट्रपति पनि बाराबासीले पाएको उनले उल्लेख गरे ।
प्रतिगमनकारी शक्ति विरुद्ध र लोकतन्त्रको रक्षाका लागि अहिलेको गठबन्धन बनेको जिकिर पनि गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काेशी मन्त्रिपरिषद्बाट १३ वटा निर्णय
-
मिसिङ : केटी हराएको सूचना’को आज प्रिमियर, तस्बिरहरू
-
पक्राउ परेको १० घण्टा नबित्दै ठगी मुद्दाका अभियुक्त रिहा
-
रेलले ठक्कर दिँदा भारतमा कम्तीमा ७ जनाको मृत्यु
-
जापानमा बर्ड फ्लुको सङ्क्रमण : ५० लाख कुखुरा र चराको मृत्यु
-
सूर्य नेपाल वेस्टर्न ओपन सुरु, निरज शीर्ष स्थानमा