कम शो पाएको ‘बुलाकी’ को सुखद व्यापार
काठमाडौँ । प्रिमिएरमा उत्कृष्ट प्रतिक्रिया पाएको फिल्म ‘बुलाकी’ ले बक्स अफिसमा सुखद सुरुवात गरेको छ ।
फिल्मलाई मल्टिप्लेक्सहरुले निकै नै कम शो दिएका छन् । तर जति शो पाएको छ ती शोमा दर्शकको राम्रो साथ रहेको निर्माता बिराज बिष्टले बताए ।
शुक्रबार फिल्मले देशभरका मल्टिप्लेक्समा दर्शकको सुखद साथ पाएको छ । बिहानी शोमा फिल्मको व्यापार औषत भएपनि दिउँसोबाट दर्शकको अकुपेन्सी उच्च रहेको छ । नेपालगञ्जमा यो फिल्मले क्यूएफएक्समा एक शो मात्र पाएको थियो, जुन शोमा दर्शकको शत प्रतिशत अकुपेन्सी रह्यो । फिल्म हेर्न नेपालगञ्जको हलमा पुगेका दर्शक टिकट नपाएर फर्किएको कलाकार तथा निर्माता बिष्टले जानकारी दिए ।
काठमाडौँका मल्टिप्लेक्समा पनि फिल्म हेर्न आउने दर्शकको संख्या सुखद थियो । क्यूएफएक्स चेन अन्त्रगतको सिभिल, लाबिम, छाँया सेन्टर, भक्तपुर लगायतका हलका फिल्मले जति शो पाएको छ । ती सबै शोमा दर्शक राम्रो रहेको निर्माताको भनाई छ ।
‘प्रदर्शकले कम शो दिएर आफूहरुलाई पीडित बनाएपनि दर्शकको साथ मिलेको छ’ निर्माता बिष्टले भने ।
अभिनेत्री सुरक्षा पन्तले फिल्ममा राम्रो दर्शक देखिएपछि दर्शककमा धन्यवाद दिएकी छिन् ।
लक्ष्मण सुनारको निर्देशन रहेको फिल्मले कर्णालीको कथा भन्छ । कर्णालीका एक दम्पतीको कथालाई फिल्मले मार्मिक रुपमा प्रस्तुत गरेको छ । फिल्ममा सुरक्षा पन्त, नरेन खड्का र विराज बिष्ट मुख्य भूमिकामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेवान्डोस्की चम्किएपछि घरेलु मैदानको फाइदा उठायो बार्सिलोनाले
-
च्याम्पियन्स लिगमा एटलेटिको मड्रिडको गोल वर्षा
-
गाउँ रित्तिने चिन्ताले झन् केश पाक्दै
-
अनुहारमा कसरी लगाउने टोनर ?
-
काठमाडौंमा ‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ हुने
-
१२ बजे, १२ समाचार : चुनौतीका चाङमाथि सामाजिक सुरक्षा कोष, सहकारी ठगीमा एमाले नेता कारागार चलानदेखि समाजवादीका ३४४ नेता बेरोजगारसम्म