साढे ५ वर्षमा ५ लाख नेक्सन गाडी विक्री
काठमाडौँ । टाटा मोटर्सले भारतीय बजारमा ५ लाख वटा नेक्सन विक्री वितरण सफल भएको छ। कम्पनीको पुनास्थित रंजनगाव म्यानुफ्याक्चरिंग युनिटमा निर्मित गाडी सन् २०१७ बाट बजारमा ल्याइएको थियो। साढे पाँच वर्षको छोटो अवधिमै यसले उक्त सफलता हासिल गरेको कम्पनीले जनाएको छ। अझ उल्लेखनीय पक्ष भनेको ५ लाख मध्ये पछिका १ लाख केवल सात महिनामा विक्री भएको जनाइएको छ ।
हालका वर्षहरुमा नेक्सन कम्पनीको निरन्तर बजारले रुचाएको मोडेल रुपमा स्थापित भएको छ। सन् २०२० मा "फेसलिफ्ट"को आगमन पछि यसको वजार विस्तारले झन् तिब्र ढंगले अगाडि बढेको पाइन्छ।
नेक्सन १२०० सय सिसिको रेभोट्रन पेट्रोल इन्जिन र १५०० सिसिको रेभोटर्क डिजेल इन्जिन उपलब्ध छ। पहिलो प्रकारमा १२० हर्सपावर एवं १७० एनएमको "पिक टर्क"को क्षमता छ भने दोस्रो प्रकारमा १२० हर्सपावरको शक्ति एवं १७० एनएमको "पिक टर्क"को क्षमता छ। दुवैमा म्यानुएल ट्रान्समिसन स्ट्यानडर्डको रुपमा र सिक्स स्पिड एटिएमको रुपमा रहेको छ।
नेक्सन एसयुभीले मारुती सुजुकी ब्रेज्ज़ा, ह्युनडाइ भेनु , किया सोनेट, महिन्द्रा एक्सयुभी ३०० , निसान म्याग्नाइट र रेनल्ट किगरसँग सशक्त ढंगले प्रतिस्पर्धा गरिरहेको छ। यसमा टचस्क्रिन सिस्टम, सेमी-डिजिटल इन्स्ट्रुमेन्ट कन्सल, थ्री-स्पोक फ्ल्याट-बटम स्टिरिंग व्हिल, स्वचालित क्लाइमेट कन्ट्रोल , क्रुज कन्ट्रोल जस्ता विशेषताहरु छन्।
सर्वोत्कृष्ट सुरक्षाको लागि नेक्सनले ग्लोबल एनसीएपीद्वारा पाँच-तारे गाडीको मान्यता प्राप्त गरेको छ। यस गाडीले बजारमा अग्रगति लिनुको पछाडी यो एक प्रमुख कारण भएको कम्पनीको भनाइ छ ।
टाटाले यस वर्षको अन्त्यसम्म नेक्सनको अझ परिष्कृत र परिमार्जित स्वरुप बजारमा ल्याउने योजना बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसले युक्रेनमा हाइपरसोनिक प्रणालीको क्षेप्यास्त्र प्रहार गरेको दाबी
-
विकास परियोजनाको नाममा कालीगण्डकी नदीको अस्तित्व मेटिने चिन्ता
-
भ्रष्टाचार विरोधी आन्दोलन मधेसबाट सुरु भयो : आजपा
-
काठमाडौं प्लाजा सर्वसाधारणको सवारी पार्किङका लागि खुला हुने
-
रातको समयमा काठमाडौंंमा गयो भूकम्प
-
१२ बजे, १२ समाचार : बीआरआई ऋणमा स्वीकार्न नसकिने प्रधानमन्त्रीको भनाइदेखि आन्दोलनबाट क्षति पुगेको रास्वपाको निष्कर्षसम्म