मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

एनआईसी एशिया बैंकका संस्थापक अध्यक्ष अग्रवाललाई ‘सुप्रबल जनसेवाश्री’ विभूषण प्रदान

शुक्रबार, ०१ वैशाख २०८०, १६ : १३
शुक्रबार, ०१ वैशाख २०८०


काठमाडौँ । एनआईसी एशिया बैंकका संस्थापक अध्यक्ष तथा हालका प्रमुख सल्लाहकार जगदीश प्रसाद अग्रवाल ‘सुप्रबल जनसेवाश्री’ विभूषण्बाट विभुषित भएका छन् । संविधान दिवसको अवसरमा गत असोजमा घोषित उक्त विभूषण शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रदान गरेका हुन् । 
 राष्ट्रपति कार्यालयमा  आयोजित सुशोभन समारोहकाबीच विभुषित भएकामा अग्रवाललाई सम्पूर्ण बैंकले हार्दिक बधाई ज्ञापन गर्दै बैंकको तर्फबाट राष्ट्रपतिप्रति हार्दिक कृतज्ञता जाहेर गरेको छ । 

६ दशकदेखि देशको उद्योग, वाणिज्य तथा व्यापार क्षेत्रमा अनवरत रुपमा सक्रिय उनले  देशको सर्वाङ्गीण आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय योगदान पु-याउदै आएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप