सत्ता गठबन्धनमा सीके राउतको ‘च्याप्टर क्लोज’

काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टीका लागि सत्ता सहकार्य र गठबन्धन यात्राको ‘च्याप्टर क्लोज’ भएको छ । जनमत पार्टीले संघीय सरकारमा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएको थियो । तर मन्त्रालयमा चित्त नबुझेका कारण सो पार्टीका मन्त्रीले राजीनामा दिएका थिए ।
तर प्रधानमन्त्री प्रचण्डले जनमत पार्टीलाई सरकारमै फर्काउन प्रयास गरिरहेका थिए । स्रोतका अनुसार जनमत पार्टीले छाडेको खानेपानी मन्त्रालय अब कांग्रेसले लिने भएपछि जनमतका लागि सत्ता यात्रा र गठबन्धनको यात्रा बन्द भएको छ ।
जनमत पार्टी पनि विकाससँग सम्बन्धित मन्त्रालय पाए सरकारमा जाने मनस्थितिमा थियो । तर, चाहेजस्तो मन्त्रालय नपाएपछि सो पार्टी सरकारबाट बाहिरिएको हो ।
जनमत पार्टीका उपाध्यक्ष दीपक साहले सरकारमा जाने आफूहरुको कुनै तयारी नरहेको बताए । उनले आफ्नो पार्टीले काम गर्ने मन्त्रालय नपाएको कारण सरकारबाट बाहिरिएको बताए । उनले भने, ‘फेरि त्यही मन्त्रालय दिइयो भने जाने कुरा हुँदैन, अरु मन्त्रालय दिएमा जाने कि नजाने भन्नेबारे पार्टीमा छलफल भएर मात्र कुरा अगाडि बढ्छ तर तत्काल सरकारमा फर्किने अवस्था छैन ।’
प्रधानमन्त्री प्रचण्डसँग कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, खानेपानी मन्त्रालय, परराष्ट्र मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय छन् । तीमध्ये वन मन्त्रालय जसपाको भागमा परेको छ भने बाँकी पाँच वटा मन्त्रालय कांग्रेसले लिने सहमति भइसकेको स्रोतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : कक्षा १२ को परीक्षा रोकियो, शिक्षकपछि कर्मचारीको आन्दोलन
-
सोलुखुम्बुमा जलवायुसम्बन्धी सम्मेलन सम्पन्न
-
नेपाल आए मेटाका प्रतिनिधि, होला सामाजिक सञ्जाल दर्ता ?
-
आईपीएल : दिल्लीले कमब्याक गर्दा १ सय ५९ रनमा रोकियो लखनउ
-
प्रमुख प्रशासकीय अधिकृत मेहतालाई विराटनगर महानगरमा हाजिर गर्न नदिइने
-
निसानको ३ दिने ‘प्रि-मनसुन नेसनवाइड सर्भिस क्याम्प’ देशभरका १६ वटा चेकपोइन्टहरूमा सुरू