काठमाडौँ । आज नयाँ वर्ष २०८० को पहिलो दिन । सार्वजनिक स्थलहरूमा घुम्न र रमाइलो गर्न जाने मानिसहरूको भीड देखिन्छ । धार्मिक स्थलदेखि अधिकांश सार्वजनिक स्थलहरु भरिभराउ छन् ।
यही सिलसिलामा काठमाडौँको वसन्तपुर दरबार परिसरमा पनि मानिसहरूको भीड लागेको छ ।
दरबार परिसर वरिपरि सर्वसाधारणले फोटो खिचेका र रमाइलो गरेका दृश्यहरू रोमाञ्चक देखिन्छ । वसन्तपुर दरबार परिसर वरिपरिका तस्बिरहरुलाई हामीले यहाँ प्रस्तुत गरेका छौं ।
प्रतिक्रिया