ठोस इन्धनयुक्त अन्तरमहाद्विपीय क्षेप्यास्त्र प्रक्षेपण गरेको उत्तर कोरियाको दाबी
प्योङयाङ । उत्तर कोरियाले बिहीबार ठोस इन्धनयुक्त अन्तरमहाद्विपीय क्षेप्यास्त्र (आइसिबिएम) प्रक्षेपण गरेको दाबी गरेको छ । उक्त क्षेप्यास्त्र हालसम्म गरिएका प्रक्षेपणभन्दा सबैभन्दा शक्तिशाली हो । प्रक्षेपणलाई चमत्कारिक सफलता भन्दै उत्तर कोरियाली सञ्चारमाध्यमले त्यसको स्वागत गरेका छन् । ठोस इन्धन क्षेप्यास्त्रहरू तरल इन्धनबाट सञ्चालित क्षेप्यास्त्र शीघ्र प्रहार गर्न सकिन्छ भने त्यसलाई रोक्न कठिन हुन्छ । यद्यपि विश्लेषकहरूले उक्त क्षेप्यास्त्रका नकारात्मक पक्ष पनि भएका बताएका छन् ।
दक्षिण कोरियाले भने उत्तरलाई पूर्ण रुपमा सञ्चालन हुने ठोस इन्धनयुक्त आइसिबीएम विकास गर्न थप समय लाग्ने बताएको छ । वर्षौँको अथक प्रयासपछि उत्तरले छोटो दूरीमा मार हान्नसक्ने ठोस इन्धनयुक्त क्षेप्यास्त्र परीक्षण गरेपछि लामो दूरीमा प्रहार गर्नसक्ने आइसिबीएम पहिलोपटक हिजो परीक्षण गरेको हो ।
लामोसमयसम्म तरल इन्धनयुक्त क्षेप्यास्त्र परीक्षण गरेको उत्तरले लामो धेरै लामो समयसम्म सञ्चालन गर्न नसकिने क्षेप्यास्त्रको सट्टा ठोस इन्धनबाट सञ्चालन हुने शक्तिशाली आइसिबीएम प्रक्षेपण गरेको हो । विज्ञहरूका अनुसार हिजोको परीक्षण प्योङयाङको हतियार विकास कार्यक्रममा एउटा प्रमुख सफलता हो । यो परीक्षणबाट प्योङयाङले अमेरिकालाई कुनै चेतावनी बिना नै आक्रमण गर्न सक्षम बनाएको छ । हिजो गरिएको परीक्षण ह्वासोङ–१८ हो । यसले उत्तरको आक्रमक सैन्य रणनीतिलाई प्रतिबिम्बित गर्ने उनीहरू बताउँछन् ।
ठोस इन्धनबाट सञ्चालन गर्न सकिने उक्त क्षेप्यास्त्र भण्डारण तथा ढुवानी गर्न सहज हुनका साथै प्रक्षेपणको तयारी चाँडै गर्न सकिन्छ । यसलाई जमिन वा पनडुब्बीबाट प्रक्षेपण गर्न सकिन्छ । विज्ञहरूले अझ शाक्तिशाली नयाँ क्षेप्यास्त्र उत्तर कोरियाले प्रक्षेपण गर्नसक्ने बताउँदै त्यसबाट अचम्भित हुनुनपर्ने बताएका छन् ।
दक्षिण कोरियाली रक्षा मन्त्रालयले ठोस आइसिबीएम नयाँ प्रविधि नभएको जनाउँदै हिजो उत्तरले गरेको परीक्षण आइसिबीएम प्रणाली विकासमा मध्यम श्रेणीको भएको बताएको छ । यद्यपि हिजोको परीक्षणले उत्तर कोरियाका प्रतिद्वन्द्वीलाई डर र चिन्ताले ग्रस्त पारेको छ । उत्तर कोरियाली नेता किम जोङ उनले हिजो आफ्नी छोरी, श्रीमती र बहिनीसँगै प्रक्षेपणको अवलोकन गरेका थिए ।
प्योङयाङको उक्त परीक्षणबाट जापानको उत्तरी होक्काइडोमा त्रासको वातावरण छाएको थियो । बिहीबार बिहानै जापानले छोटो सूचना जारी गरेर सतर्क रहन चेतावनी दिएको थियो । सूचना जारी गरेको आधा घण्टापछि क्षेप्यास्त्र आफ्नो क्षेत्रभित्र नपरेको र त्यहाँका बासिन्दालाई कुनै जोखिम नरहेको बताएको थियो । त्यहाँका विद्यालयहरूमापठनपाठन ढिलो शुरु भयो भने केही रेल सेवा बन्द गरिएको थियो ।
अमेरिका, जापान र दक्षिण कोरियाले उत्तर कोरियाली कदमको निन्दा गर्दै उसले प्रतिबन्धित क्षेप्यास्त्र परीक्षणको आरोप लगाएको छ । कोरियाली प्रायद्वीपमा तनाव बढाउने मुख्य दोष अमेरिकामाथि लगाउँदै चीनले हालै भएको अमेरिकी र कोरियाली सेनाको संयुक्त अभ्यास हो भनेको छ । साथै बेइजिङले सबै पक्षलाई शान्त एवम् संयमित हुन आह्वान गरेको छ ।
उत्तर कोरियाली नेता किम जोङ अनले केही दिनअघि युद्धस्तरमा हतियार विकास गर्न र आफ्नो क्षमता बढाउन सेनाका उच्च अधिकारीलाई निर्देशन दिएका थिए । नेता किमले युद्ध प्रतिरोधमा अझ बढी व्यावहारिक र आक्रामक तरिका अपनाउन आदेश दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नेपाल र चीनबिच बीआरआई फ्रेमवर्कमा हस्ताक्षरदेखि रवि लामिछाने र छवि जोशीविरुद्ध पर्सामा पनि पक्राउ पूर्जीसम्म
-
पूर्वउपराष्ट्रपति पासाङलाई उपाध्यक्ष बनाउने माओवादीको तयारी, बैठक आह्वान
-
स्टक ब्रोकर एशोसिएशनको नयाँ कार्यसमितिका लागि ढकाल समूहको उम्मेदवारी घोषणा
-
एनपिएल : मार्की खेलाडीको प्रदर्शन कस्तो रह्यो ?
-
कञ्चनजङ्घा गोल्डकप : गोधुली फुटबल क्लब फाइनल प्रवेश
-
‘टोकियोमा सरकारी कर्मचारीका लागि हप्तामा तीन दिन विदा’ दिने प्रस्ताव