जलन उपचाररत सांसद भण्डारीद्वारा नयाँ वर्षमा भारतबाट भिडियो सन्देश

काठमाडौँ । भारतमा जलन उपचाररत नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले नयाँ वर्षको अवसरमा भिडियोमार्फत शुभकामना सन्देश व्यक्त गरेका छन् । उनले भने, ‘स्वदेश तथा विदेशमा बस्ने बस्ने नेपालीहरु २०८० को उपलक्ष्यमा नयाँ वर्ष मनाइरहेका छौं । एक अर्कोले सुख शान्ति, समृद्धिको कामना गरिरहेका छौं । यस अवसरमा सम्पूर्ण नेपालीलाई म नयाँ वर्षको सुख शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्न चाहन्छु ।’
शुभचिन्तकहरुको माया, सद्धभाव, प्रेम र प्राथनाका कारण आफ्नो स्वास्थ्यमा सुधार भइरहेको उनले बताए । ‘मेरो स्वास्थ्यको कारणले गर्दा हजुरहरुसति म सहभागी हुन सकिरहेको छैन । तपाईहरुको माया सद्धभाव, प्रेम र प्राथनाका कारण मेरो स्वास्थ्यमा सुधार भइरहेको छ,’ सांसद भण्डारीले भने । छिट्टै नेपालमै उपचार गर्ने सांसद भण्डारीले बताए । ‘छिट्टै नै म तपाईहरुसित उपस्थित भएर त्यही नै मेरो स्वास्थ्य उपचार गर्ने छु । यस नयाँ वर्षको उपलक्ष्यमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै छु । धन्यवाद जय नेपाल ।’
बुद्धनगरस्थित निवासमा गत फागुन ३ गते ग्यास लिक भई आगलागी हुँदा सांसद भण्डारी घाइते भएका थिए। सुरूमा कीर्तिपुरस्थित अस्पतालमा उपचार गराएर उनलाई थप उपचारका लागि भारत लगिएको थियो। फागुन ४ गतेदेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा भण्डारीको उपचार भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले निकट विद्यार्थी संगठनद्वारा सुर्खेत बहुमुखी क्याम्पसमा तोडफोड, निर्वाचन स्थगित
-
ललितपुर महानगर र रसियाको उलान उदे सहरबीच भगिनीसम्बन्ध कायम
-
आरआर क्याम्पसमा एमाले र समाजवादीबिच चुनावी तालमेल
-
स्ववियु निर्वाचन : विद्यार्थीहरू किन उत्रिए तोडफोडमा ?
-
काठमाडौँमा हावाहुरीसहित वर्षा
-
प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबिच टेलिफोन–संवाद : विपिन जोशीको रिहाइका लागि आग्रह