२४ घण्टा नबित्दै प्रकाश सपूतको गीत युटयुव ट्रेन्डिङको शीर्ष स्थानमा

काठमाडौँ । गायक प्रकाश सपूतले जुन गीत ल्याएपछि चर्चा कमाउने गरेको छ । यस्तैमा उनले बिहीबार सार्वजनिक गरेको नयाँ गीत ‘सकम्बरी’ (फूलमाया) पनि अहिले चर्चामा छ । गीत सार्वजनिक भएको २४ घण्टा नबित्दै युटयुवको ट्रेन्डिङको शीर्ष स्थान ओगट्न सफल भएको छ ।
बिहीबार सार्वजनिक गीतले समाचार तयार गर्दासम्म ५ लाख ६६ हजार भ्युज पाएको छ । नयाँ वर्षको पूर्व सन्ध्या पारेर सार्वजनिक गीतमा सपूतको शब्द, सङ्गीत र स्वर छ । गीतको सङ्गीत संयोजन भने सुदीप सागरले गरेका हुन् । गीतमा सपूतलाई बर्ता गन्धर्वले स्वरमा साथ दिएकी छन् ।
गीतको भिडियोमा भने कलाकार बन्ने सपना बोकेर गाउँबाट सहर छिरेकी एक युवती (फूलमाया) को कथा बुनिएको छ । जसको निर्देशन सपूत आफैँले गरेका हुन् । भिडियोमा एउटा महिलाले घरपरिवारका लागि गर्ने कर्तव्य समेत देखाइएको छ ।
भिडियोमा सपूतको अलवा कुसुम शर्मा, सुनिल थापा, निक्स शर्मा, सरिता राजोपाध्याय, सन्जोग रसाइली, सरस्वती अधिकारी, सालिक भण्डारी लगायतको अभिनय भिडियोमा देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आलुको बोराभित्र लुकाएर ओसार्दै गरेको साढे २९ किलो चरेससहित तीन युवा पक्राउ
-
अमेरिकाले ‘युएसएआईडी’का ८३ प्रतिशत कार्यक्रम रद्द गर्दै
-
विषालु रसायनले भरिभराउ जहाज र तेल ट्याङ्कर ठोक्किदा भयानक दुर्घटना, ३६ जनाको उद्धार
-
रातोपाटी ब्रिफिङ : कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णितदेखि राजावादीले ‘हल्लाए गणतन्त्रको जग’सम्म
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त